प्रलोपा उम्मेदवार जन्मदेव जैसीलाई प्रश्न : पत्रकारिता छोडेर किन राजनीतिमा ?
सारांश
- पत्रकार जन्मदेव जैसी प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्।
- उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्दै कबीर राणा, महेश बस्नेत लगायतसँग प्रतिस्पर्धा गर्दैछन्।
- जैसीले चुनावी प्रचारप्रसारका लागि सामान्य र मितव्ययी तरिका अपनाएका छन्।
काठमाडौं । जन्मदेव जैसी लामो समयदेखि पत्रकारितामा सक्रिय रहे । पत्रकारका हकहितका मुद्दा उनले जोडतोड उठाए । अब उनी नीति निर्माण गर्ने थलो संसद्को यात्रामा निस्कन चाहन्छन् । संसद् पुग्ने खुड्किलो प्रतिनिधिसभा निर्वाचनमा उनी भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनको पार्टी हो प्रगतिशील लोकतान्त्रिक पार्टी ।
यो क्षेत्रमा कांग्रेसका कबीर राणा, एमालेका महेश बस्नेत, नेकपाका रामप्रसाद सापकोटा (दीपशिखा) र रास्वपाका राजीव खत्री लगायतसँग उनी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । जैसीको चुनावी प्रचार पनि निकै सामान्य र मितव्ययी लाग्छ । ‘एउटा टेम्पो लिएको छु । त्यसमा केही साथीहरूसँग बसेर आफैं बोलेर चुनावी एजेन्डा मतदातालाई पुर्याइरहेको छु,’ उनी भन्छन् ।’
‘रातोपाटी इलेक्सन फिभर’मा उम्मेदवार जैसीसँग चुनाव केन्द्रित रहेर गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण