मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: लोकतन्त्रको जग बसालेको त्यो तीन निर्वाचन, न्यूजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

बुधबार, २० फागुन २०८२, २३ : ५९
बुधबार, २० फागुन २०८२

सारांश

  • निर्वाचनको अघिल्लो दिन देशभर शंकास्पद वस्तु फेला परेको थियो र ९२ जनालाई हिरासतमा लिइयो।
  • सुदूरपश्चिमका मतदाताहरू निर्वाचनका लागि उत्साहित देखिएका छन्, साथै आयोगले खारेज भएका चिह्नमा मत नहाल्न आग्रह गरेको छ।
  • ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण भएको छ भने रुपन्देहीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. निर्वाचन सुरक्षा

प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ। 

२. उत्साहित मतदाता

सुदूरपश्चिमका मतदाताहरू भोलि हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न उत्साहित देखिएका छन् । 

३. विश्वकप

  • थप

४. लोकतन्त्रको जग बसालेको त्यो तीन निर्वाचन, जसले राजतन्त्र निलम्बन गर्‍यो

तत्कालीन प्रधानमन्त्री कोइरालाले कात्तिक २९ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरे । त्यस निर्वाचनमा ८८ सिट जितेर एमाले पहिलो दल बन्यो । कांग्रेसले ८३ सिटमा चित्त बुझायो । २० सिट जितेर राप्रपा तेस्रो दल बन्यो । 

५. विकास निर्माण 

यतिबेला आसन्न निर्वाचनका कारण कामदारहरू घर फर्किने र कर्मचारीहरू चुनावमा खटिएका कारण निर्माण कार्यमा केही सुस्तता आएको छ ।

६. आगजनीमा संलग्नलाई धमाधम मुद्दा

भदौ २४ को आगजनी र विध्वंशमा संलग्नहरूलाई सरकारले धमाधम उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि पछिल्लो समय जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले धमाधम मुद्दा दर्ता गरेको छ । 

७. राष्ट्रिय सुरक्षा परिषद्को बैठक 

राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।

८. निर्वाचन आयोगको पत्रकार सम्मेलन 

निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेजीमा परेका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

  • थप

९. प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण

ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१०. छायाङ्कनको लाइनमा छन् फिल्म

निर्माण इजाजत लिनेको सङ्ख्या हेर्दा नेपाली फिल्म उद्योग निकै चलायमान देखिन्छ । तर व्यापारको आँकडा केलाउँदा बक्स अफिसमा सफल हुने फिल्महरूको सङ्ख्या नगण्य देखिन्छ। 

११. पैसा बाँडेको आरोपमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप 

रुपन्देहीको बुटवलस्थित नमोबद्ध होटलमा नेकपा (एमाले)का कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूमाथि आक्रमण गरेका छन् । 
आक्रमणबाट रास्वपामा आबद्ध सैनामैनाका पूर्वमेयर चित्र बहादुर केसीसहित ३ जना घाइते भएका छन् । रुपन्देही क्षेत्र नम्बर–२ बाट चुनाव लडेका रास्वपाका उम्मेदवार सुलभ खरेल बसेको होटलमा एमाले कार्यकर्ता पुगेर ‘पैसा किन बाँडेको ?’ भन्दै पुगेका थिए ।

  • थप

१२. इरान युद्धमा इजरायलको आदेश पालना गर्दै ट्रम्प 

अघोषित युद्धहरू अहिले सामान्य भइसकेका छन् । दुःखद के छ भने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आफ्ना जनता वा कांग्रेसको अनुमति बगेर नै ‘पूर्व–सतर्कता युद्ध’ जसलाई अर्को शब्दमा ‘आक्रामक युद्ध’ भनिन्छ, त्यसमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप