सवा ६ बजे पत्रकार सम्मेलन गरेर आयोगले चुनावी अपडेट दिने
बिहीबार, २१ फागुन २०८२, १५ : ४७
सारांश
- निर्वाचन आयोगले साँझ ६ बजे प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्बन्धी अद्यावधिक विवरण दिनेछ।
- प्रवक्ताका अनुसार, बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।
- लाइनमा बसेका मतदाताले ५ बजेपछि पनि मतदान गर्न पाउनेछन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ ६ बजे दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए ।
‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछन् । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएका छन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण