मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
शुक्रबार, २२ फागुन २०८२, ०९ : ५३
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको नतिजा स्वीकार गरेका छन्।
- शर्माले सामाजिक सञ्जालमा माओवादीलाई स्वागत र रास्वपालाई समर्थन गर्ने बताएका छन्।
- उनले देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका छन् ।
उनले एक्समा लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन । चर्को आशा अर्को निराशामा बदलितु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’
बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा रास्वपाको जनलहर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण