यी हुन् अग्रता बनाएका एमालेका १२ उम्मेदवार
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले विभिन्न १२ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
- रूपन्देही-४ मा प्रमोद कुमार यादव, बाँके-२ मा मोहम्मद इश्तियाक राई अग्रस्थानमा छन्।
- तेह्रथुम, लमजुङ, सुर्खेत, नवलपुर, डोटी, दैलेख, कैलाली, सिन्धुली, ओखलढुंगा र इलाममा पनि एमालेका उम्मेदवारहरू अगाडि छन्।
काठमाडाैँ । प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न १२ वटा निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ।
शुक्रबार साँझको अध्यावधिक मतपरिणाम अनुसार रूपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद कुमार यादवले लिड गरिरहेका छन्। उनले ८ हजार ३ सय ५ मत प्राप्त गर्दै अग्रता बनाएका हुन्।
यसैगरी, बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राई ६ हजार ६ सय ३२ मतसहित अगाडि छन् भने तेह्रथुम क्षेत्र नम्बर १ मा भानु भक्त ढकालले ५ हजार १ सय ७६ मत ल्याएर आफ्नो अग्रस्थान कायम गरेका छन्।
त्यस्तै, लमजुङ क्षेत्र नम्बर १ मा एमाले नेता पृथ्वी सुब्बा गुरुङ २ हजार ६ सय ५८ मतका साथ अगाडि रहेका छन्। उता सुर्खेत क्षेत्र नम्बर २ मा कुलमणि देवकोटाले २ हजार १ सय ४८ मत र नवलपुर क्षेत्र नम्बर २ मा तिल बहादुर महत क्षेत्रीले १ हजार ६ सय ६३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। सुदूरपश्चिमको डोटी क्षेत्र नम्बर १ मा दीपक बहादुर धामीले १ हजार ७७ मत ल्याएर लिड गरिरहेका छन्।
दैलेख क्षेत्र नम्बर २ मा लक्ष्मी प्रसाद पोखरेल ९४२ मत, कैलाली क्षेत्र नम्बर २ मा सुर्य बहादुर थापा ९३३ मत र सिन्धुली क्षेत्र नम्बर १ मा प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) ९०३ मतका साथ अग्रस्थानमा देखिएका छन्। त्यसैगरी ओखलढुंगा क्षेत्र नम्बर १ मा अस्मिता थापा ७६० मत र इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्बाङ ४९१ मत प्राप्त गर्दै आफ्नो निर्वाचन क्षेत्रमा पहिलो स्थानमा रहेका छन्।
निर्वाचन आयोगका अनुसार मतगणना कार्य निरन्तर अगाडि बढिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण