राप्रपाका कमल थापाले स्विकारे हार, दिए सस्मित पोखरेललाई बधाई
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले चुनावी नतिजा आइनसक्दै आफ्नो हार स्वीकार गरेका छन् ।
मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले उनले हार स्वीकार गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गर्दै थापाले विजयी उन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेललाई बधाई ज्ञापन गरेका छन् । उनले देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
थापाले आफ्नो 'हलो' चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले पराजयका बाबजुद पनि सशक्त चुनावी अभियान सञ्चालन गरेकोमा राप्रपाका सबै साथीहरूलाई धन्यवाद दिएका छन् ।
चुनाव परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर पार्टी अघि बढ्नुपर्नेमा थापाले जोड दिएका छन् । यो समाचार तयार गर्दा रास्वपाका पोखरेलले १९२२७ मत ल्याउँदा ११९३ मत मात्र पाएका छन् । उनको स्थान चौथो स्थान रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण