चुनावमा पराजित भएकाे भाेलिपल्टै सुटिङ सेटमा फर्किन् निशा
सारांश
- अभिनेत्री निशा अधिकारी काठमाडौं-५ बाट चुनाव लडेर फिल्म 'कस्तुरी'को सुटिङमा फर्किएकी छिन्।
- उनले निर्वाचनमा ९१ मत प्राप्त गरिन् र हार-जितलाई बिर्सेर फिल्ममा काम सुरु गरिन्।
- 'कस्तुरी' टिमलाई धन्यवाद दिँदै उनले निखिल उप्रेतीसँगको सहकार्यलाई सुखद संयोग बताइन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानै कर्म क्षेत्र फिल्ममा फर्किएकी छन् ।
‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनाव लडेकी अधिकारीले निर्वाचनमा आशातित नतिजा भने प्राप्त गर्न सकिनन् । उनले जम्मा ९१ मत प्राप्त गरेकी थिइन् । चुनावी नतिजा जस्तो आए पनि हार–जितलाई बिर्सिँदै उनी यतिबेला फिल्म ‘कस्तुरी’ को सुटिङ सेटमा ज्वाइन भएकी छन् ।
सुटिङ सेटमा फर्किएसँगै निशाले आफूलाई चुनावसम्म पर्खिएर बस्ने ‘कस्तुरी’ टिमलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्, ‘आजदेखि ‘कस्तुरी’ को सुटिङमा व्यस्त हुँदैछु । चुनावसम्म मलाई पर्खेर बस्नु भएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद।’
फिल्ममा उनले चर्चित अभिनेता निखिल उप्रेतीसँग स्क्रिन सेयर गर्दैछिन् । निखिल आफ्ना पहिलो ‘को–स्टार’ भएको स्मरण गर्दै निशाले उनीसँग काम गर्न पाउनुलाई सुखद संयोग बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण