नुवाकोटमा रास्वपाको ‘क्लिन स्वीप’: दुवै क्षेत्रमा घण्टी बज्दा पुराना दल स्तब्ध
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नुवाकोट जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित हासिल गर्यो।
- रास्वपाका विक्रम तिमिल्सिना र अच्युत्तम लामिछानेले क्रमशः क्षेत्र नं. १ र २ मा जित हासिल गरे।
- कांग्रेस र एमालेका प्रभावशाली नेताहरूलाई पराजित गर्दै रास्वपाले नुवाकोटमा 'क्लिन स्वीप' गर्यो।
काठमाडौँ । नुवाकोट जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ । पुराना र स्थापित राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै रास्वपाले नुवाकोटमा ‘क्लिन स्वीप’ गरेको हो ।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिना विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरे ।
उनले नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाश शरण महतलाई ४ हजार १२ मतको अन्तरले पराजित गरेका हुन् । पराजित महतले १८ हजार ५ सय ९७ मत प्राप्त गरे । सोही क्षेत्रमा नेकपाका उम्मेदवार हित बहादुर तामाङ १३ हजार ३ सय ७७ मतका साथ तेस्रो स्थानमा रहे भने नेकपा एमालेका बद्री मैनालीले ८ हजार ९ सय ३२ मत प्राप्त गरे ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा पनि रास्वपाका अच्युत्तम लामिछानेले भारी मतान्तरका साथ जित दर्ता गरे । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत मात्रै प्राप्त गरे । लामिछाने र केसीबिचको मतान्तर १६ हजार ५ सय ५१ रहेको छ। सो क्षेत्रमा नेकपा एमालेका केशव राज पाण्डे ८ हजार २ सय ८५ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।
यस पटकको नतिजाले नुवाकोटमा पुराना दलहरूको विरासतलाई पूर्ण उल्टाइदिएको छ।
यसअघि २०७९ को निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका थिए भने क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । यसपटक भने दुवै क्षेत्रमा नयाँ अनुहारले बाजी मारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण