कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो
सारांश
- कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लियो ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गर्यो ।
- कांग्रेस, एमाले लगायतका अन्य दलले पनि मत प्राप्त गरे ।
गण्डकी । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । जिल्लामा तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
नेपाली कांग्रेसले २८ हजार ६५६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले २४ हजार १ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ४ सय ६६ मत, नेपाली कम्युनिस्ट पार्टीले पाँच हजार ७ सय ६३ मत, श्रम संस्कृति पार्टीले तीन हजार ५ सय ६४ मत र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७२ मत प्राप्त गरेको छ ।
जिल्लामा कूल तीन लाख नौ हजार ५६३ मतदाता रहेकोमा एक लाख ९१ हजार ४२५ मत खसेको थियो । त्यसमध्ये सदर मत एक लाख ८६ हजार ७२४ र बदर मत चार हजार ६९८ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण