बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इलाम १ मा रुख र माटोबिच रोचक प्रतिस्पर्धा

सोमबार, २५ फागुन २०८२, १५ : ०३
सोमबार, २५ फागुन २०८२

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस(रुख) र श्रम संस्कृति पार्टी(माटो)बिच रोचक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतगणनाअनुसार (सोमबार दिउँसाे ३ बजेसम्म) नेपाली कांग्रेसका निश्कल राई १३ हजार ६३१ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार २८६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमलेका काजी मान कागतेले ११ हजार ५६१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पवार्टी(रास्वपा)का विमल गदालले ८ हजार ८१६ मत ल्याएका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रन बहादुर राईले ७ हजार १३० मत ल्याएका छन्।  गत बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएकाे थियाे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप