रणवीरले सुरु गरे रामायणको दोस्रो भागको सुटिङ
सारांश
- रणवीर कपूरको फिल्म 'रामायण'को पहिलो भागको सुटिङ सकिएको छ।
- फिल्मको दोस्रो भागमा सीताको अपहरणपछिका घटना देखाइनेछन्, जसमा हनुमानको भूमिकामा सनी देओल पनि सहभागी हुनेछन्।
- निर्माताहरूले ठुला सेट बनाएका छन् र फिल्म यस वर्षको प्रतिक्षित फिल्महरू मध्ये एक हो।
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूरको आगामी फिल्म ‘रामायण’ यतिबेला निकै चर्चामा छ । हालै फिल्मको सेटका केही तस्बिरहरू भाइरल भएका थिए । यी तस्बिर सुटिङ स्थलबाट लिक भएको दाबी गरिएको थियो । तर, पछि ती तस्बिरहरू नक्कली भएको थाहा भयो । अहिले भने फिल्मको सुटिङबारे नयाँ अपडेट आएको छ । फिल्मको पहिलो भागको सुटिङ पूरा भइसकेको जनाइएको छ ।
स्रोतका अनुसार रणवीर कपूरले फिल्मको दोस्रो भागको सुटिङ सुरु गरिसकेका छन् । यो भागमा देवी सीताको अपहरण पछिका घटनाहरूलाई चित्रण गरिनेछ । फिल्ममा भगवान् हनुमानको भूमिका निर्वाह गरेका सनी देओल पनि यस सप्ताहान्तमा छायाङ्कनमा सहभागी हुने बताइएको छ ।
ठुला सेट तयार
स्रोतका अनुसार लगभग दुई महिनाको सुटिङ तालिका तय गरिएको छ । यसमा महत्त्वपूर्ण एक्सन र ड्रामा भएका दृश्यहरू समावेश हुनेछन् । कथा भगवान् रामको लङ्का यात्रातिर अघि बढ्नेछ । यसका लागि फिल्म निर्माताहरूले ठुला सेटहरू पनि बनाएका छन् । यसमा भगवान् राम र हनुमानबिच धेरै महत्त्वपूर्ण दृश्यहरू पनि रहेको बताइएको छ ।
यतिबेला सनी देओल ए.आर.मुरुगादोसद्वारा निर्देशित एक्सेल इन्टरटेनमेन्टको लागि नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । उता, रणवीर कपूर पनि सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’को छायाङ्कनमा व्यस्त थिए ।
यस फिल्ममा रणबीरको साथमा आलिया भट्ट र विक्की कौशलको पनि शीर्ष भूमिका रहेको छ । लक्ष्मणको भूमिका निर्वाह गर्न लागेका रवि दुबे र रावणको भूमिकामा रहेका दक्षिण भारतीय अभिनेता यशको दृश्यको पनि सुटिङ हुनेछ ।
रामायणलाई यस वर्षको सबैभन्दा प्रतीक्षित फिल्महरू मध्ये एक मानिन्छ । नितेश तिवारीद्वारा निर्देशित फिल्म दुई भागमा रिलिज हुनेछ । यस दिवालीमा सिनेमा घरमा आउने पहिलो भागमा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीताको भूमिकामा र यश रावणको भूमिकामा देखिनेछन् । सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा पनि देखा पर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण