इराकमा अमेरिकी सैन्य इन्धन विमान दुर्घटना
शुक्रबार, २९ फागुन २०८२, ०४ : ३०
सारांश
- पश्चिमी इराकमा अमेरिकी वायुसेनाको इन्धन बोक्ने विमान दुर्घटनाग्रस्त भयो।
- दुर्घटनामा परेको केसी-१३५ स्ट्राटो ट्याङ्कर विमानमा दुई वटा विमान संलग्न थिए, जसमा अर्को सुरक्षित अवतरण भयो।
- अमेरिकी अधिकारीहरूले दुर्घटना आक्रमण वा 'फ्रेन्ड्ली फायर' नभएको बताएका छन्, तर चालक दलको अवस्था अज्ञात छ।
काठमाडौँ । पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई वटा विमानहरू संलग्न रहेकोमा दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।
अमेरिकी सैन्य अधिकारीहरूले यो दुर्घटना कुनै आक्रमण वा ‘फ्रेन्ड्ली फायर’ का कारण नभएको स्पष्ट पारेका छन् । घटना लगत्तै दुर्घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, विमानमा कति जना चालक दलका सदस्यहरू सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण