इराकमा अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटना
सारांश
- इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भयो।
- दुर्घटनाको कारण अझै अज्ञात छ, तर सेन्टकमका अनुसार यो शत्रुको आक्रमण होइन।
- विमानमा चालक दलको अवस्था अज्ञात छ, तर केसी-१३५ ले लडाकु विमानलाई इन्धन भर्ने गर्छ।
बगदाद । इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि उद्धार कार्य जारी रहेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमका अनुसार बोइङ केसी–१३५ स्ट्र्याटोट्याङ्कर विमान पश्चिमी इराकमाथि उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
सेन्टकमले जारी गरेको प्रारम्भिक जानकारीअनुसार विमान शत्रु वा आफ्नै पक्षको आक्रमणका कारण खसेको होइन । दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । अमेरिकी सेनाका अनुसार उक्त घटनामा दुई विमान संलग्न थिए । दुर्घटनाग्रस्त भएको केसी–१३५ सँगै उडिरहेको अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताइएको छ ।
दुर्घटनाग्रस्त विमानका चालकदलको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । सामान्यतया यो विमानमा एक जना पाइलट, एक जना सह–पाइलट, इन्धन आपूर्ति उपकरण सञ्चालन गर्ने बूम अपरेटरगरी ३ जनासम्म चालकदल हुन्छन् । तर केही अवस्थामा ५ जनासम्म पनि हुन सक्छ ।
केसी–१३५विमानहरू आकाशमै अन्य लडाकु विमानलाई इन्धन भर्ने क्षमताका कारण अमेरिकी सैन्य अभियानमा अत्यन्त महत्वपूर्ण मानिन्छन् । यी विमानहरू खाडी युद्धकोसमयमा पनि व्यापक रूपमा प्रयोग गरिएको थियो, जसले लडाकु विमान र बमवर्षक विमानलाई लामो दूरीसम्म उडान गर्न सहयोग पुर्याएको थियो ।
हाल अमेरिका र इरानबीचको युद्धका क्रममा अमेरिकी सेनाले कम्तीमा चारवटा विमान गुमाइसकेको बताइएको छ । यसअघि यही महिनाको सुरुमा एफ–१५ इगलका तीनवटा लडाकु विमान कुवेतको ‘मैत्रीपूर्ण फायर’ले खसेको ििथयो । तर यस घटनामा चालकदलका सबै सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण