बोर्डद्वारा एकैदिन तीन दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन
सारांश
- चलचित्र विकास बोर्डले प्राविधिक विकास, क्षमता अभिवृद्धि र शारीरिक दक्षताका लागि कार्यक्रमहरू सञ्चालन गरेको छ।
- बोर्डले 'भ्वाइस एक्टिङ एन्ड डबिङ' तालिममा १६६ जना कलाकार, प्राविधिक र पत्रकारलाई प्रशिक्षण दिइरहेको छ।
- कर्मचारी तालिमले कार्यसम्पादन बढाउने लक्ष्य राखेको छ भने स्विमिङ तालिमले कलाकारको शारीरिक दक्षता बढाउनेछ।
काठमाडौँ । चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले सोमबार (एकैदिन) तीन कार्यक्रम सञ्चालनमा ल्याएको छ । चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा बोर्डको आयोजनामा ‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिम, कर्मचारी तालिम र स्विमिङ तालिम सञ्चालन गरेको हो ।
‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिम हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दीले प्रशिक्ष दिइरहेका छन् । तीन दिन चल्ने तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार प्राविधिक तथा पत्रकारहरू सहभागी भएका छन् । तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रियासम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण रहेको छ ।
यस्तै, कर्मचारी तालिममा बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले २ दिने क्षमता अभिवृद्धि तालिम रहेको छ । नेपाल सरकार स्टाफ कलेजबाट प्रशिक्षण प्रदान गरिएको तालिममा टिप्पणी लेखन, वैज्ञानिक फाइलिङ प्रक्रिया, बैठक व्यवस्थापन, प्रतिवेदन लेखन, अवधारणापत्र तथा कार्यशर्त तयारी, प्रभावकारी प्रस्तुतीकरण, व्यावसायिक व्यवहार, स्व–व्यवस्थापन तथा कार्यालय व्यवस्थापन लगायतका विषय समेटिएका छन् । तालिमका प्रशिक्षकका रूपमा प्रमोद निरौला, शीतल मोक्तान तामाङ र उत्तम आचार्य रहेका छन्।
त्यसैगरी स्विमिङ तालिममा कलाकारहरूको शारीरिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी (स्विमिङ) तालिम कार्यक्रम ल्याइएको हो । चलचित्रमा विभिन्न पात्रहरूको भूमिका निर्वाह गर्ने क्रममा पौडिनु पर्ने, डुबेको अभिनय गर्नुपर्ने जस्ता दृश्यहरू आउने हुँदा कलाकारहरू स्वयं दक्ष नहुँदा डमी कलाकार प्रयोग गर्नुपर्ने वा कतिपय दृश्य हटाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ। यस्तो बाध्यता अन्त्य गर्दै कलाकारहरूलाई आवश्यक शारीरिक दक्षतासहित यथार्थपरक अभिनय गर्न सक्षम बनाउन उक्त तालिम सुरु गरिएको बोर्डले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण