हवाई आक्रमणमा चार सय भन्दा बढीको मृत्यु भएको अफगानिस्तानी दाबी पाकिस्तानले गर्याे अस्वीकार
सारांश
- अफगानिस्तानले काबुल अस्पतालमा भएको हवाई आक्रमणमा ४०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेपछि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ।
- पाकिस्तानले हवाई आक्रमण सैन्य लक्ष्यमा केन्द्रित रहेको र हतियार भण्डारणलाई निशाना बनाएको जनाएको छ।
- छिमेकी देशहरूबीचको द्वन्द्व चर्किएको र चीनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । काबुलस्थित अस्पतालमा गरेको हवाई आक्रमणमा चार सय भन्दा बढी मानिस मारिएको भनेर अफगानिस्तानले गरेको दाबीलाई भ्रामक र असत्य भन्दै पाकिस्तानले अस्वीकार गरेको छ ।
अफगान तालिबान सरकारका प्रवक्ताले मंगलबार दिएको जानकारी अनुसार, काबुलको एक लागू औषध दुर्व्यसन पुनर्स्थापना अस्पतालमा भएको आक्रमणमा चार सय भन्दा बढीको मृत्यु र २ सय ५० जना घाइते भएको दाबी गरिएको थियो । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आफ्नो आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ ।
पाकिस्तानका सूचना मन्त्री अताउल्ला तरारले सामाजिक सञ्जालमार्फत भने, ‘हामीले सटीक रूपमा सैन्य संरचना र आतङ्कवादी सहयोग पूर्वाधारलाई मात्र निशाना बनाएका हौँ ।’
आक्रमणपछि देखिएका विस्फोटहरूले त्यहाँ ठुलो मात्रामा हतियार भण्डारण गरिएको सङ्केत दिएको पनि उनले बताए । दुवै छिमेकी देशबिच गत महिना सुरु भएको द्वन्द्व पछिल्लो समय निकै चर्किएको छ । करिब २ हजार ६०० किलोमिटर लामो साझा सीमा भएका यी दुई देशबिचको यो हालसम्मकै गम्भीर तनावपूर्ण अवस्था मानिएको छ ।
यसअघि केही मित्र राष्ट्रहरूले मध्यस्थता गर्दै स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए । विशेष गरी चीनले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामा फर्किन आग्रह गरेको थियो ।
चीनले अझै पनि तनाव कम गर्न सहयोग गर्न तयार रहेको जनाएको छ । तर विशेष गरी रमजान महिनाको अन्त्यमा मनाइने एल अल–फित्र नजिकिँदै गर्दा भएको पछिल्लो हवाई आक्रमणले परिस्थिति फेरि जटिल बनाएको छ।
इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमण र त्यसपछि विकसित घटनाक्रमका कारण पश्चिम एसिया अस्थिर बनेको समयमा पाकिस्तान र अफगानिस्तान द्वन्द्वमा फसेका छन् ।
विश्लेषकहरूका अनुसार दक्षिण एसिया र पश्चिम एसिया दुवैतिर बढ्दो तनावले क्षेत्रीय सुरक्षा मात्र होइन, अन्तर्राष्ट्रिय स्थिरतामा समेत गम्भीर प्रभाव पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण