१२ बजे १२ समाचार: बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति तय, कर्णालीमा एमाले गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा
सारांश
- कर्णालीमा एमाले कमजोर भएको र बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने मिति तय भएको छ।
- नयाँ सरकार निर्माण र सांसदहरूलाई शपथ लिने बाटो खुलेको छ भने सुनौली भन्सारबाट ग्यास आयात नियमित भएको छ।
- अदालतले रवि लामिछानेको मुद्दा र अन्य मुद्दाहरूमा सुनुवाइ स्थगित गरेको छ, साथै पारिवारिक कलहका कारण एक महिला छोराछोरीसहित भेरीमा हेलिएकी छिन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. कर्णालीमा एमाले गणतन्त्र स्थापना यताकै कमजोर अवस्थामा खुम्चियो
०५६ सालको निर्वाचनपछि कर्णालीमा एउटा नारा चर्चित थियो– कर्णालीका जिल्ला, एमालेको किल्ला । उक्त चुनावमा साविक कर्णाली क्षेत्रका ५ वटै जिल्लामा नेकपा एमालेले चुनाव जितेको थियो । त्यही अवसरमा एमाले नेता–कार्यकर्ताले यो नारा घन्काएका थिए ।
२. बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति तय
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
३. सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ।
४. ‘बालेन सरकार’लाई चुनौती
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतासँग मत मागेको थियो।
५. सेवा–सुविधा नलिने सांसदको घोषणा ‘स्टन्ट’मात्र कि स्वाभाविक ?
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित सुदन गुरुङले सांसद भएबापत आफूले पाउने पारिश्रमिक र अन्य सेवा–सुविधा आफ्ना लागि प्रयोग नगर्ने बताए । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् ।
६. विधान बमोजिम रास्वपाले जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी विधानमा व्यवस्था भएको ‘राइट टु रिकल’ कडाइका साथ कार्यान्वयन गर्ने अभिव्यक्ति दिएसँगै नयाँ बहस सुरू भएको छ ।
७. सुनौली भन्सारबाट ग्यास आयात नियमित, तर उपभोक्ताले सहजै पाउँदैनन्
पश्चिम एसियामा जारी द्वन्द्वका कारण आयातमा असर पर्न सक्ने चिन्ता बढेसँगै रुपन्देहीका उपभोक्ताहरूमा खाना पकाउने एलपी ग्यास अभाव हुने डर बढेको छ ।
बजारमा ग्यास अभाव हुने हल्लाका कारण धेरै उपभोक्ताले घर तथा होटलमा सिलिन्डरको सञ्चिति बढाउन थालेका छन्, जसले गर्दा बुटवल आसपास ग्यास पाउन सकस भइरहेको छ ।
८. अन्तरिम सरकारको ६ महिना
६ महिनामा सरकारले पाएको म्यान्डेट पूरा गर्यो, यो सरकारको अर्को मुख्य काम आन्दोलनका कारण ध्वस्त भएका सरकारी संरचना, कमजोर भएको निजी क्षेत्रको मनोबल र अर्थतन्त्र उकास्नु थियो।
९. गगनको राजीनामा
नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले हालैको चुनावी पराजयको दोष सभापतिलाई मात्र दिनु अन्यायपूर्ण हुने बताएका छन्।
१०. अदालत
सर्वोच्च अदालतले रवि लामिछानेको अभियोग पत्र संशोधनका लागि दिइएको निर्देशन र सोसँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ।
११. समानुपातिक सांसदले लिए प्रमाणपत्र
समानुपातिक सांसदहरूले बिहीबार निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन्।
१२. पारिवारिक कलहले छोराछोरीसहित भेरीमा हेलिइन् माया
गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ स्थित पिप्ले गाउँकी ३८ वर्षीय माया कठायत आइतबार आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर अस्ताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण