शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सशस्त्र प्रहरीका गुल्मपति पौडेललाई मुख्यालय झिकाइयो

शनिबार, ०७ चैत २०८२, १७ : ०७
शनिबार, ०७ चैत २०८२

सारांश

  • कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपतिसहितका कर्मचारीलाई प्रधान कार्यालय तानिएको छ।
  • चैत्र ४ गते तस्कर समूहसँगको विवाद र युनिट सुरक्षामा लापरबाही गरेको आरोप लागेको छ।
  • घटनाको छानबिन गर्न सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुख्यालयले समिति गठन गरेको छ।

काठमाडौँ ।  कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई कारबाहीका लागि प्रधान कार्यालय झिकाइएको छ । चैत्र ४ गते भएको घटनाको छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको भन्दै पौडेलसहितका कर्मचारीलाई  प्रधान कार्यालय झिकाइएको हो ।

चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्कर समूहसँग विवाद भएको थियो । तस्कर समूह कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरूलाई प्रधान कार्यालय झिकाइएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । सो घटनाबारे प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्ने समेत उनले बताए ।

यसअघि सो घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ४३ नम्बर रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो ।

घटनाको समयमा उपस्थित रहेका कर्मचारीलाई मुख्यालय तानिएको र सो कार्यालयमा सशस्त्र प्रहरी बलको ३४ नम्बर गण कैलालीबाट टोली बदली समेत गरिएको प्रवक्ता भट्टले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप