लागुऔषधसहित सात जना पक्राउ
आइतबार, ०८ चैत २०८२, १२ : ४७
सारांश
- प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
- काठमाडौँ, सुनसरी, झापा, कञ्चनपुर र कैलालीबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
- पक्राउ परेका व्यक्तिहरूबाट खैरो हेरोइन र गाँजा बरामद गरिएको छ।
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।
यसैगरी, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण