संसारभर रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन अमेरिकाको आग्रह
सोमबार, ०९ चैत २०८२, १० : ४२
सारांश
- अमेरिकाले पश्चिम एसियामा जारी तनावका कारण आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ।
- अमेरिकी विदेश विभागले सामाजिक सञ्जालमार्फत पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो।
- विभागले इरानले विदेशमा रहेका अमेरिकी नागरिकहरुमाथि निशाना बनाउन सक्ने बताएको छ।
काठमाडौँ । अमेरिकाले संसारभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ । पश्चिम एसियामा जारी तनावका बिच अमेरिकाले सावधानी अपनाउन आफ्ना नागरिकलाई अपिल गरेको हो ।
अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल एक्समार्फत खासगरी पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
विभागले भनेको छ : ‘समय समयमा एयर स्पेस हुँदा यात्रामा अवरोध आउन सक्छ । मध्यपूर्व बाहिरका कुटनीतिक नियोगहरु प्नि निशनामा परिरहेका छन् । त्यसैले इरानले विदेशमा रहेका अमेरिकी नागरिकहरुमाथि निशाना बनाउन सक्छ ।’
पछिल्ला दिन अमेरिका–इजरायल र इरानबिच पश्चिम एसियामा तनाव चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण