बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : लाजमर्दो जनमत आउँदा पनि शीर्ष नेता लिँदैनन् जिम्मेवारी, १७४ पालिकामा छैनन् हाकिम

बुधबार, ११ चैत २०८२, ०० : ००
बुधबार, ११ चैत २०८२

सारांश

  • बालेन शाह प्रधानमन्त्री बन्ने तयारीमा, १७४ पालिकामा हाकिम छैनन्।
  • कांग्रेसले भदौमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छ भने रवि लामिछानेले अब तारिख धाउनु नपर्ने।
  • विभिन्न घटनाक्रममा बाख्रा वितरणमा अनियमितता गर्नेलाई जेल र विद्युतीय चुलोको माग बढ्दो छ।

काठमाडौा । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. ‘बालेन सरकार’ गठन हुँदै गर्दा १७४ पालिकामा छैनन् हाकिम

चैत १३ गते नेपालले नयाँ प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह (बालेन) पाउँदैछ । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले चुनाव सम्पन्न गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत ल्याएर ‘कम्फर्टेबल’ सरकार बनाउँदैछ ।

२. भदौमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने प्रस्ताव

नेपाली कांग्रेसले आगामी भदौमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको छ । महाधिवेशनको कार्यतालिका प्रस्ताव मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिएको हो ।

३. रवि लामिछानेले तारिख धाउन नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा नियमित तारिख धाउन नपर्ने भएको छ । लामिछानेले तारिख बाहिरबाट मुद्दा लड्न पाउनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए । रविकै माग बमोजिम अदालतले आदेश दिएको हो।  

४. बालेनको शपथलगत्तै सुशीला कार्कीले बालुवाटार छाड्ने

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छाड्ने समय निर्धारण गरिसकेकी छन् । जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बालेन शाहले शपथ लिनासाथ कार्की बालुवाटारबाट बाहिरिने तयारीमा छिन् ।

५. युद्धको छाया

पश्चिम एसियामा बढ्दो तनावको प्रभाव विश्वव्यापी रूपमा पर्न थालेको छ । नेपालकै ठुलो औद्योगिक क्षेत्रका रूपमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा पनि पश्चिम एसिया युद्धको प्रभाव देखिएको छ ।

६. पराजयका बाबजुद कम्युनिस्टका शीर्ष नेता लिँदैनन् जिम्मेवारी

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद पराजयका बाबजुद कम्युनिस्ट घटकका शीर्ष नेताहरू उक्त परिणामप्रति आफ्नो जिम्मेवारी लिन हिचकिचाइरहेका छन् । 

७. बाख्रा वितरणमा अनियमितता गर्नेलाई जेल

बाख्रा वितरणमा अनियमितता गर्ने जनप्रतिनिधिसहित कर्मचारीलाई विशेष अदालतले जेल सजाय तोकेको छ । यस्तै सम्पत्ति शुद्धीकरण र घुस सम्बन्धी मुद्दामा मुछिएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीसँग विशेष अदालतले धरौटी माग गरेको छ ।

८. विद्युतीय चुलोको माग बढ्दो

पश्चिम एसियामा देखिएको तनावपूर्ण अवस्थाका कारण नेपालमा विद्युतीय चुलोको माग बढ्न थालेको छ । खाना पकाउने ग्याँसको अभाव भएकाले उपभोक्ताहरू विद्युतीय चुलोतिर आकर्षित भएका देखिन्छन् ।

९. सेयर बजारको उकालो यात्रा कायमै

सेयर बजारमा मंगलबार पनि उत्साह देखिएको छ । नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएको हो । 

१०. डोजर चलेपछिको टोखा

काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले सोमबार डोजर चलाएसँगै वर्षौंदेखि त्यहाँ बस्दै आएका परिवारहरूको बिचल्ली भएको छ ।

११. ‘खल्तीका योजना’ बन्द गर्दै कोशी सरकार

कोशी प्रदेश सरकारले अब ‘खल्तीका योजना’ बन्द गर्ने भएको छ । प्रदेश सरकारले योजना छनोट र बजेट निर्माणको परम्परागत शैली परिवर्तन गर्न कार्यविधि निर्माण गरेको छ ।

१२. कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप