मसाज सेन्टरमा बालबालिकाको प्रयोग, पोखराको लेकसाइडबाट ८ जना पक्राउ
सारांश
- पोखरामा बालबालिकालाई अवैध काममा लगाउने ८ जना पक्राउ परेका छन्।
- लेकसाइडका स्पा र ब्यूटी पार्लरमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।
- प्रहरीले बालबालिका विरुद्ध कसुर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
पोखरा । बालबालिकालाई अवैध काममा लगाउने ८ जना पक्राउ परेका छन् । पोखरा ६ लेकसाइड क्षेत्रका विभिन्न स्पा तथा ब्यूटी पार्लरमा अनुगमन गर्दा बालबालिकालाई काममा लगाइएको र अवैध गतिविधि भइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा हानेर सञ्चालकहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका माथि बालबालिका विरुद्ध कसुर सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । अनुगमनका क्रममा स्पामा काम गरिरहेका नाबालिकाहरूलाई उद्धार गरी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाइएको छ भने वयस्क कामदारहरूलाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको उनले बताए ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी १० घर भई हाल पोखरा वडा ६ लेकसाइड बस्ने ४७ वर्षका होम बहादुर बुढाथोकी, पोखरा ११ घर भई लेकसाइड बस्ने २४ वर्षकी जोनिसा श्रेष्ठ सुनार, चितवन भरतपुर ६ का गितानगर घर भई लेकसाइड बस्ने २३ वर्षकी शर्मिला परियार, स्याङ्जा फेदीखोला ४ घर भई लेकसाइड बस्ने ४२ वर्षका सुरेश विक, गोरखा गण्डकी गाउँ पालिका ८ घर भई लेकसाइड बस्ने २७ वर्षका जीवन श्रेष्ठ पक्राउ परेका छन् ।
यस्तै, रुपन्देही मर्चवारी ७ घर भई लेकसाइड नै बस्दै आएकी २० वर्षकी अञ्जिना खातुन, मकवानपुर ईन्द्रसरोवर २ घर भएका ४४ वर्षका राजु थापा मगर र पोखरा १७ ड्यामसाइड बस्ने २८ वर्षका सरोज सुनार पनि पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण