हैटीमा गिरोहको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु, ३० घाइते
सारांश
- हैटीमा सशस्त्र गिरोहको आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको छ, जसमा ३० जना घाइते भएका छन्।
- आक्रमण आर्टिबोनाइट क्षेत्रको ग्रामीण बस्तीहरूमा भएको थियो, जसका कारण ६ हजार मानिस विस्थापित भएका छन्।
- संयुक्त राष्ट्र संघले घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ, र मानवअधिकार समूहले सरकारी निष्क्रियताको आलोचना गरेको छ।
पोर्ट–आ–प्रिन्स । हैटीमा सशस्त्र गिरोहको भीषण आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको मानवअधिकार समूहले जनाएको छ । यस घटनामा अरु ३० जना घाइते भएको बताइएको छ । मृतकको यो सङ्ख्या सरकारले गरेको प्रारम्भिक अनुमानभन्दा निकै बढी हो । सुरुमा आक्रमणमा परेर करिब १६ मारिएको भनिएको थियो ।
आक्रमण आर्टिबोनाइट क्षेत्रअन्तर्गतको पेटिट–रिभिएर नजिकैका ग्रामीण बस्तीहरूमा आइतबार बिहान सबेरै सुरु भई सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । गिरोहका सदस्यहरूले जीन–डेनिस आसपासका गाउँमा आक्रमण गर्दै घरहरूमा आगजनी गरेका थिए । मानवअधिकार संस्था डिफेन्सर्स प्लसका अनुसार उक्त हिंसाबाट करिब ६ हजार मानिस विस्थापित भएका छन् । यसअघि संयुक्त राष्ट्र संघले पनि आक्रमणअघि नै नजिकैका क्षेत्रमा भइरहेका ग्याङ गतिविधिका कारण २ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएको अनुमान गरेको थियो ।
प्रहरीले सुरुमा १६ जनाको मृत्यु भएको र १० जना घाइते भएको जनाएको थियो । नागरिक सुरक्षा निकायको प्रारम्भिक प्रतिवेदनमा १७ जनाको मृत्यु र १९ जना घाइते भएको उल्लेख गरिएको छ । मृत्यु हुनेमा अधिकांश पुरुष छन् । हैटीमा संयुक्त राष्ट्रसंघको विशेष मिशन बिनुले नजिकबाट घटनाको निगरानी गरिरहेको संस्थाका महासचिवका प्रवक्ताले भनेका छन् । उनका अनुसार मृतक सङ्ख्या १० देखि ८० बीच हुन सक्ने अनुमान गरिएको छ र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ ।
मानवअधिकार समूहले आर्टिबोनाइट क्षेत्रमा सुरक्षा अभाव र सरकारी निष्क्रियतालाई कडा शब्दमा आलोचना गर्दै अधिकारिहरूले आफ्नो जिम्मेवारी त्यागेको आरोप लगाएको छ । यसैबिच सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो सन्देश ग्रान ग्रिफका नेता लक्सन एलनसँग जोडिएको बताइएको छ । उक्त सन्देशमा यो आक्रमण प्रतिस्पर्धी ग्याङले साभिएनस्थित आधार क्षेत्रमा गरेको आक्रमणको प्रतिशोधस्वरूप गरिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण