अपडेट
एमाले संसदीय दलको नेतामा बादल र सुहाङको दाबी
बुधबार, १८ चैत २०८२, १४ : २६
सारांश
- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन्।
- ललितपुरस्थित केन्द्रीय कार्यालयमा नेता चयनका लागि छलफल भइरहेको छ, सहमति नभए निर्वाचन हुनेछ।
- सुहाङले युवा प्रतिनिधित्वको लागि आफूलाई नेता बनाउन आग्रह गरेका छन्, एमालेले २५ सिट जितेको थियो।
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिए । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताए ।
‘दलको नेतामा रामबहादुर थापालाई प्रस्ताव गरिएको छ । तर सुहाङजीले जेनजी आन्दोलनको भावना, संसदमा युवाहरूको बाहुल्यता रहेको अवस्थामा आफूलाई दलको नेता बनाएमा राम्रो सन्देश जाने बताउनुभएको छ । सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन हुन्छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंग्याइन्छ’, रातोपाटीसँग एक सांसदले भने ।
ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहेका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण