सुदन किरातीले प्रलोपाबाट किन दिए राजीनामा ?
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सदस्य सुदन किरातीले बिहीबार राजीनामा दिए।
- उनले नैतिकता र जिम्मेवारीलाई कारण देखाउँदै राजीनामा दिएको बताए।
- किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा रहेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजीनामा दिएका छन् । किरातीले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।
किरातीले राजनीतिमा नैतिकता र जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै आफ्नो पदबाट राजीनामा दिएको प्रस्ट पारेका छन् । उनले बुधबार सम्पन्न परिषद् बैठकमा सहभागी नभई राजीनामा स्वीकृतिका निम्ति अर्को पत्र पठाएका थिए ।
किरातीले प्रलोपाबाट राजीनामा दिएसँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा चुलिएको छ ।
‘पछिल्लो राजनीतिक परिस्थितिपछि विभिन्न शक्तिसँग छलफल भइरहेको तर गत निर्वाचनमा सुनसरी १, भोजपुर र खोटाङमा औपचारिक समर्थन श्रम संस्कृति पार्टीलाई गरेका कारण श्रम संस्कृति सहितका शक्तिहरूसँग ध्रुवीकरण हुने सम्भावना अलि बलियो भन्ने चर्चा स्वाभाविक हो’ किराती निकट श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण