अपडेट
संघीय मामिला मन्त्रालयले सात वटै प्रदेशलाई भन्याे– स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र उपलब्ध गराउनू
शुक्रबार, २० चैत २०८२, २१ : ०६
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्वीकृत दरबन्दीको विवरण पठाउन निर्देशन दिएको छ।
- सेवा प्रवाहलाई प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न तीन दिनभित्र इमेलमार्फत विवरण बुझाउन भनिएको छ।
काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी यस मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन भन्दै शुक्रबार सूचना जारी गरिएकाे हाे।
मन्त्रालयका शाखा अधिकृत सुरेश खनालले भने,' सचिवस्तरीय निर्णय अनुसार सात वटै प्रदेशलाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन भनेका छाैँ,सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्नका लागि स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन आग्रह गरेका हाैँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण