ट्रम्पको धम्की विरूद्ध मानव साङ्लो बनाउँदै इरानीहरू
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सभ्यता नै समाप्त पार्ने धम्की दिएका छन्।
- ट्रम्पको धम्की विरुद्ध इरानी नागरिकहरू सार्वजनिक संरचनामा भेला भएर मानव साङ्लो बनाउँदै विरोध गरिरहेका छन्।
- इरानी दूतावासहरूले सामाजिक सञ्जाल मार्फत ट्रम्पको धम्कीको खिल्ली उडाउँदै हर्मुजको चाबी हराएको भन्दै ट्रोल गरिरहेका छन्।
एजेन्सी । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो ।
हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो बन्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको नाका खोल्न पटक पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक उनले सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’मा लेख्दै इरानमा एउटा सभ्यता नै समाप्त हुन सक्ने धम्की दिएका छन् ।
धम्कीको चौतर्फी विरोध भइरहँदा इरानमा भने आम मानिसहरू महत्त्वपूर्ण सार्वजनिक संरचनाको वरपर भेला भएर ’मानव साङ्लो’ बनाउन थालेका छन् । इरानी सञ्चार माध्यमहरूका अनुसार पुल, बिद्युत् संरचना लगायत पूर्वाधार वरपर भेला भएका इरानीहरू अमेरिका विरुद्ध नाराबाजी गरिरहेका छन् ।
यसैबिच विभिन्न मुलुकमा रहेका इरानी दूतावासहरूले आफ्नो ट्विटर ह्यान्डल मार्फत ट्रम्पको धम्कीको खिल्ली उडाइरहेका छन् । उनीहरुले ट्रम्पको धम्कीपूर्ण स्ट्याटस शेयर गर्दै ’चाबी दह्रोसँग सम्हाल्न’ आग्रह गरेका छन् । ’हर्मुजको बाटो खोल’ भन्ने ट्रम्पको धम्कीको जवाफमा उनीहरुले 'चाबी हरायो’ भन्दै ट्रोल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण