इन्धन आयातमा लाग्ने कर र अप्रत्यक्ष शुल्क स्थायी रूपमै घटाउन सांसद थापाको माग
सारांश
- सांसद सुनिलबहादुर थापाले इन्धन आयातमा लाग्ने कर र अप्रत्यक्ष शुल्कलाई स्थायी रूपमै घटाउन सरकारसँग माग गरेका छन्।
- उनले इन्धनको मूल्य सस्तो बनाउँदा अर्थतन्त्र चलायमान हुने भन्दै भारतसँग समन्वय गरी आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयातमा लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपमै घटाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन्।
सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालीन रूपमै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए। उनले इन्धनको मूल्य सुपथ बनाउँदा समग्र अर्थतन्त्र नै चलायमान हुने उल्लेख गरे। हाल मध्यपूर्वमा भइरहेको युद्धका कारण इन्धन आपूर्तिमा समस्या देखिएको बताउँदै उनले भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपूर्तिको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे।
उनले भने, ‘आजको युगमा कुनै पनि द्वन्द्वले विश्वभर प्रभाव पार्छ। विशेषगरी नेपालजस्तो भूपरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ। हाम्रो ऊर्जा आपूर्ति भारतमा निर्भर रहेको सन्दर्भमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसँग समन्वय गरी इन्धन आपूर्तिमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु। साथै इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नेछ, यस सन्दर्भमा अर्थमन्त्रीले इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिएकोमा म स्वागत गर्दछु। तर म सरकारलाई दीर्घकालीन रूपमा यस्ता अप्रत्यक्ष करहरू स्थायी रूपमा घटाउने वा पुनरावलोकन गर्न आग्रह गर्दछु। इन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशीलता दिनु पनि हो।’
उनले नेपाली राजनीतिमा एकता, सहमति र सहकार्यको आवश्यकता देखिएको बताउँदै सरकारलाई राजनीतिक दलहरूसँग संवाद गर्न सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण