चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारमा नयाँ आयाम थपिने अपेक्षा
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट लिमिटेडको आयोजनामा काठमाडौंमा 'चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट' सम्पन्न भएको छ।
चैत २७ गते सम्पन्न यस दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली (इकोसिस्टम) लाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
बिहीबारदेखि सुरु भएको यस सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरूले नेपालको डिजिटल मार्गचित्र र भविष्यका प्रविधिबारे गहन छलफल गरेका थिए।
सम्मेलनको पहिलो दिन आईपीभी सिक्सद्वारा सञ्चालित एआई डाटासेन्टरहरू, इन्टरप्राइज आईसीटीको भविष्य, साइबर सुरक्षा र जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा प्रवचन तथा छलफलहरू आयोजित गरिएका थिए।
सोही अवसरमा नेपालमा आईपीभी सिक्सको प्रवर्द्धनका लागि सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ। सुबिसुका सीईओ विनय मोहन साउद र काउन्सिलका तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदासले हस्ताक्षर गरेको उक्त सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ।
दोस्रो दिनको सत्रमा विभिन्न क्षेत्रका दिग्गजहरूले प्राविधिक विषयमा आफ्ना धारणा राखेका थिए। सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोटी र आईसीएएनएनका चम्पिका विजयतुङ्गाले आईपीभी सिक्स कम्प्लायन्स र डीएनएस सेकको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै, एपाक आईपीभी सिक्स काउन्सिलका अध्यक्ष डा. नवनीथन सी. अर्जुमनले यसको कार्यान्वयनका रणनीतिक पक्षबारे प्रकाश पारेका थिए भने सानिमा बैंकका विक्रम श्रेष्ठले वित्तीय क्षेत्रमा आईपीभी सिक्सले ल्याउने चुनौती र अवसरबारे चर्चा गरे। कार्यक्रमको अन्त्यमा सहभागीहरूका लागि विशेष कार्यशाला समेत सञ्चालन गरिएको थियो।
सम्मेलनको समापनका क्रममा सुबिसुका सीईओ विनय मोहन साउदले यो कार्यक्रमले सरकारी 'डिजिटल नेपाल' अभियानलाई तीव्र गतिमा साकार पार्न सघाउने विश्वास व्यक्त गरे । विदेशी विज्ञहरूसँगको अनुभव साटासाटले नेपालको नीति नियम बनाउन र नवीनतम प्रविधि अवलम्बन गर्न मार्गप्रशस्त गर्ने उनको भनाइ थियो। यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले आईपीभी सिक्सको प्रयोगले मुलुकभर कनेक्टिभिटी र इन्टरनेटको उपलब्धता विस्तारमा सहयोग पुग्ने बताए। प्राधिकरणले यस सम्बन्धी परामर्श पत्र समेत तयार पारेको जानकारी दिँदै उनले यस प्रविधिलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण