कोलम्बियामा हिप्पो ‘मार्ने’ योजना स्वीकृत
सारांश
- कोलम्बिया सरकारले देशभरि अनियन्त्रित रूपमा फैलिएका करिब ८० वटा हिप्पोलाई मार्ने योजना स्वीकृत गरेको छ।
- पर्यावरण मन्त्री आइरिन भेलेजले पारिस्थितिक प्रणाली जोगाउन र हिप्पोको संख्या नियन्त्रण गर्न यो कदम आवश्यक रहेको बताएकी छिन्।
- पशु अधिकारकर्मीहरूले सरकारी निर्णयको कडा विरोध गर्दै यसलाई निर्दयी कदम भनेका छन्।
बोगोटा । कोलम्बियाले देशभरि अनियन्त्रित रूपमा फैलिएका हिप्पो नियन्त्रण गर्न एक योजना स्वीकृत गरेको छ । नयाँ योजनाअनुसार करिब ८० वटा हिप्पोलाई मारिने भएको छ । यी हिप्पो कहिलेसम्म मारिनेछन् भनेर समयसीमा भने तोकिएको छैन ।
यी हिप्पोहरू कुख्यात लागूऔषध तस्कर पाब्लो एस्कोबारले सन् १९८० को दशकमा ल्याएका थिए । पर्यावरण मन्त्री आइरिन भेलेजका अनुसार, हालसम्म अपनाइएका हिप्पोलाई बाँझो बनाउने वा चिडियाखानामा सार्नेलगायत उपायहरू महँगा र प्रभावहीन साबित भएसँगै नयाँ योजना ल्याइएको हो ।
मन्त्री आइरिन भेलेजका भनिन्, “यदि हामीले यो कदम चालेनौँ भने हिप्पोको संख्या नियन्त्रण गर्न सकिँदैन । हाम्रो पारिस्थितिक प्रणाली जोगाउन यो आवश्यक छ।”
कोलम्बिया अफ्रिकाबाहिर जंगली हिप्पो पाइने एकमात्र देश हो। यी जनावरहरू हासिएन्डा नेपोल्स नामक विशाल फार्ममा राखिएका चार हिप्पोका सन्तान हुन्, जुन म्याग्डालेना नदी क्षेत्र नजिक पर्छ ।
एक अध्ययनअनुसार सन् २०२२ सम्म करिब १७० हिप्पो कोलम्बियाभरि फैलिएका थिए । पछिल्ला वर्षहरूमा तिनीहरू १०० किलोमिटरभन्दा टाढासम्म फैलिन थालेका छन् । स्थानीय अधिकारीहरूका अनुसार हिप्पोहरूले गाउँलेहरूको सुरक्षामा खतरा निम्त्याइरहेका छन् भने स्थानीय प्रजातिहरूसँग खाना र बासस्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
अर्कोतर्फ, यी हिप्पोहरू पर्यटक आकर्षणसमेत बनेका छन् । हासिएन्डा नेपोल्स आसपासका गाउँहरूमा हिप्पो हेर्ने टुर र हिप्पो–सम्बन्धी सामग्री बिक्री हुने गरेको छ । अहिले उक्त क्षेत्र सरकारको नियन्त्रणमा रही थिम पार्कका रूपमा सञ्चालनमा छ ।
यस योजनाको पशु अधिकारकर्मीहरूले कडा विरोध जनाएका छन् । पशु अधिकार अभियन्ता तथा सांसद एन्ड्रिया पाडिलाले निर्दयी निर्णय भन्दै यसको आलोचना गरेकी छिन् ।
उनले लेखेकी छन्, “मार्नु कुनै समाधान होइन, यी जनावरहरू सरकारी लापरवाहीका पीडित हुन् ।” विगत १२ वर्षमा तीन सरकारहरूले हिप्पो नियन्त्रणका लागि विभिन्न प्रयास गरेका थिए । तर उच्च लागत र जोखिमका कारण ती सीमित मात्र सफल भए ।
साथै, सीमित आनुवंशिक विविधता र सम्भावित रोगका कारण तिनीहरूलाई पुनः अफ्रिका फर्काउने योजना पनि अव्यावहारिक मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण