मोदी र डोनाल्ड ट्रम्पबिच टेलिफोन वार्ता, होर्मुजसहित विभिन्न विषयमा छलफल
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच टेलिफोन वार्ता भएको छ।
- दुवै नेताले द्विपक्षीय सम्बन्धका साथै होर्मुज स्ट्रेटलाई खुला र सुरक्षित राख्ने विषयमा छलफल गरेका छन्।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच टेलिफोनमा कुराकानी भएको छ । यस क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्ध र होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै कुराकानी बारे जानकारी दिएका हुन् ।।
उनले लेखेका छन्, ‘मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पले मलाई फोन गर्नुभयो । हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहकार्यमा भएको महत्त्वपूर्ण प्रगतिको समीक्षा गर्यौँ। हामी आफ्नो बृहत् विश्वव्यापी रणनीतिक साझेदारीलाई हरेक क्षेत्रमा अझ बलियो बनाउन प्रतिबद्ध छौँ।’
प्रधानमन्त्री मोदीका अनुसार, ट्रम्पसँग अन्तर्राष्ट्रिय विषयहरूमा पनि छलफल भयो ।
उनले भने, ‘हामीले पश्चिम एसियाको स्थितिबारे पनि छलफल गर्यौँ र होर्मुज स्ट्रेटलाई खुला र सुरक्षित राख्नुपर्ने महत्त्वमा जोड दियौँ ।’
अमेरिका र इरानबिच पाकिस्तानमा भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले होर्मुज स्ट्रेटको नाकाबन्दी सुरु गरेको छ । इरानले यसमाथि कडा प्रतिक्रिया दिएको छ ।
होर्मुज स्ट्रेटको बाटो हुँदै विश्वको २० प्रतिशत ऊर्जा व्यापार हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण