बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’, कहिले नियुक्त गरिएलान् संवैधानिक आयोगका रिक्त १६ पद ?

बुधबार, ०२ वैशाख २०८३, ०० : ०३
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूको घोषणापत्र समेटेर साझा राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
  • संवैधानिक परिषद् पूर्ण नहुँदा विभिन्न संवैधानिक आयोगहरूमा १६ वटा पद लामो समयदेखि रिक्त रहेका छन्।
  • राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन परियोजना काममा ढिलाइ हुँदा तोकिएको समयमै सम्पन्न हुन सकेको छैन।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. राष्ट्रिय प्रतिबद्धतापत्र

बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। 

२. नेपाली फिल्मकै राज

लामो समयदेखि नेपाली फिल्मकर्मीहरू ‘हिन्दी फिल्मले नेपाली बजार खाइदियो’ भन्ने गुनासो गर्दै आएका छन् । यद्यपि पछिल्लो समय नेपाली फिल्मको व्यवसाय राम्रो रहेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

३. ओलीको विकल्प खोज्नुपर्ने आवाज

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै गएको छ । गत मंसिर अन्तिम साता भएको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षबाट निर्वाचित भएका कतिपय पदाधिकारीले समेत ओलीको विकल्प नखोजे नेकपा एमाले र कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउन थालेका छन् । 

४. पूर्णबहादुर खड्काको चुनौती

नेपाली कांग्रेसको अनुशासन समितिलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनौती दिएका छन् । खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेर चुनौती दिएका हुन् ।

५. अमेरिकी चासो

राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्ध स्वार्थ केन्द्रित रहेको अमेरिकी संसद् (कंग्रेस)को आशङ्का छ । कंग्रेस अन्तर्गत रहेको कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस)ले गरेको एक अध्ययनमा सो आशङ्का गरिएको हो ।

६. बालेनका चाणक्य

कुमार अन्य राजनीतिक पार्टीका नेताहरू जस्तो पृष्ठभूमि बाँधेर, कुरा घुमाएर, दर्शनका कुरा गरेर वा विश्व परिवेशका कथा हालेर कुरा गर्ने स्वभावका छैनन् । उनी सिधा–सिधा कुरा गर्छन् र त्यसमै अडिन्छन् । जे कुरा गरेका हुन्, त्यसको अर्थ के हो भन्ने कुरा पनि सिधै भनिहाल्छन् ।

७. चिया परीक्षण केन्द्र

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन । चियाको राजधानी इलामको कन्याममा निर्मित यो नेपालकै पहिलो चिया अनुसन्धान केन्द्र मानिन्छ । 

८. ज्ञानेन्द्रको रोचक ‘यूटर्न’

पूर्वराजा ज्ञानेन्द्र शाहले पुस अन्तिम साता यता तीन वटा भिडियो सन्देश जारी गरे । पृथ्वी जयन्ती (पुस २७), प्रजातन्त्र दिवस (फागुन ७) र नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा उनले जारी गरेको तीन वटै भिडियो सन्देशमा एउटा समानता छ, त्यो हो– ‘श्री ५ महाराजाधिराज’ को हैसियत ।

९. संवैधानिक परिषद् अपूर्ण

विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १६ पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद् पूर्ण नहुँदा रिक्त पदमा नियुक्ति हुन नसकेको हो । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद रिक्त छ । राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद रिक्त छ । त्यस्तै मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् ।

१०. ०८२ मा आर्थिक क्षेत्र

२०८२ साल हामीबाट बिदा भइसकेको छ । सुखदेखि दुःखसम्म, आक्रोशदेखि खुसीसम्म तथा डर र निराशादेखि विश्वास र आशाको मिश्रित अवस्थासहित पूर्वीय दर्शनको यो पात्रो फेरिँदै गर्दा देशको अर्थतन्त्रले पनि निकै उतारचढावयुक्त अवस्था बेहोर्‍यो ।

११. आईपीएल

१२. सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ गरेको भेरी–बबई आयोजना दोस्रो चरणमा ‘क्रोनिक’ बन्दै

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनाको काम लक्ष्य अनुसार हुन्थ्यो भने दुई वर्षअघि नै सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगिसक्थ्यो । यतिमात्र होइन, सोही परियोजना अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन भइसकेको पनि हुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप