ललितपुरमा साझा बस निःशुल्क बनाउने मेयर महर्जनको प्रस्ताव
सारांश
- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सञ्चालन हुने साझा बस सेवालाई निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन्।
- महानगरले बजेट व्यवस्थापन गरेर सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउने योजना मेयर महर्जनले सार्वजनिक गरेका छन्।
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सञ्चालन हुने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने महोत्त्वाकांक्षी प्रस्ताव अघि सारेका छन्। साझा यातायातको नयाँ रुट शुभारम्भ कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातलाई केवल व्यवसाय मात्र नभई सेवामुखी र दिगो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
विश्वका धेरै विकसित सहरहरूमा सार्वजनिक यातायात निःशुल्क रहेको उदाहरण दिँदै उनले काठमाडौँ उपत्यकामा पनि यस्तै अभ्यास सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। हाल नयाँ रुटमा सुरु भएको सेवाको खर्च सुरुवाती तीन महिना साझा यातायातले नै बेहोर्ने भए पनि त्यसपछिको अवधिमा यात्रुबाट शुल्क उठाउनुको सट्टा महानगरले नै बजेट व्यवस्थापन गरेर सेवालाई निःशुल्क बनाउने उनको योजना छ।
मेयर महर्जनले साझा यातायातलाई नेपालकै सफल र अनुभवी संस्थाको रूपमा चित्रण गर्दै यो सेवालाई निरन्तरता दिनु ठूलो चुनौती रहेको उल्लेख गरे। उनले कुनै पनि योजना सुरु गर्नु मात्र उपलब्धि नभई त्यसलाई टिकाउनु महत्त्वपूर्ण हुने भन्दै साझालाई आवश्यक खर्चको विवरण उपलब्ध गराउन आग्रह गरे।
आगामी आर्थिक वर्षको बजेटमा महानगरको तर्फबाट आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै उनले साझालाई पर्याप्त बजेट माग गर्न समेत सुझाव दिए।
काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा सुरु भएको यो रात्रिकालीन बस सेवामा वाइफाई, सीसीटिभी क्यामरा र सुरक्षाका लागि नगर प्रहरीको समेत व्यवस्था गरिएको छ, जसले यात्रुको सुरक्षा र सुविधालाई उच्च प्राथमिकता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण