१२ बजे १२ समाचार: सर्वोच्चद्वारा गगन थापाको पक्षमा फैसला, प्रतिनिधि सभामा १० र २ संयुक्त समितिले पाए सभापति
सारांश
- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गगन थापाको पक्षमा फैसला गरेको छ।
- प्रतिनिधि सभाका १० र दुई संयुक्त समितिहरूले शुक्रबार आफ्ना सभापतिहरू पाएका छन्।
- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. सर्वोच्च अदालतद्वारा गगन थापाको पक्षमा फैसला
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।
२. धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा
नेपाल धितोपत्र बोर्ड(सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
३. मन्त्रीलाई आइफोन
के तपाईंलाई अहिलेका मन्त्रीहरूले प्रयोग गर्ने सबै फोन नम्बरहरू थाहा छ ? थाहा हुने कुरै भएन । किनभने उनीहरूसँग सार्वजनिक प्रयोगको नम्बरबाहेक पनि अर्को नम्बर छ, जुन कसैलाई बताउँदैनन् ।
यस्तो नम्बर प्रधानमन्त्री बालेन्द्र शाह र उनीहरूबिच सम्पर्कका लागि मात्र प्रयोग हुन्छ । जुन नम्बरबारे परिवार, आफन्तलगायत कसैलाई पनि जानकारी हुँदैन ।
उनीहरूसँग मोबाइल सेट पनि भिन्नै छ । उनीहरूले अतिरिक्त बोक्ने सेट आइफोनको पछिल्लो संस्करण हो । जसको नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्दछ । हरेक कुरामा फरक शैली अपनाउन खोज्ने प्रधानमन्त्री शाहले यस्तो प्रयोग लागू गरेका हुन् । उनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएको स्रोतको भनाइ छ ।
४. श्वेतपत्र
सरकारको नेतृत्व सम्हालेको २२ दिन बितिसक्दा पनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मुलुकको आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गर्न सकेका छैनन् ।
चैत १३ गते पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले आफूले पदबहाली गर्नु अघिल्लो दिनसम्मको आर्थिक अवस्था समेटेर पाँच दिनभित्र श्वेतपत्र तयार पार्ने निर्णय गरेका थिए, तर त्यो सीमा नाघिसक्यो, आर्थिक स्थितिपत्र सार्वजनिक भएन ।
५. खड्का डिस्चार्ज
पूर्वमन्त्री दीपक खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका छन् । खड्कालाई चैत १५ मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद लिएर अनुसन्धान गरिरहेको थियो ।
हिरासतमा बिरामी भएपछि खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अदालतले हिरासतमा राख्ने म्याद दिँदासम्म खड्का अस्पतालमै बसे । तर, बिहीबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी अस्पतालबाट पनि डिस्चार्ज भएका छन् ।
६. प्रहरी पत्रकार सम्मेलन
काठमाडौँ प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ । गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
शुक्रबार पत्रकार सम्मेलन गरेर भट्टराईले भने, ‘लागुऔषध, चोरी, गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने र भएकाहरूले प्रोफाइलिङ गरिएको हो ।’ अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशङ्का गरिएकाहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरिएको एसपी भट्टराईले जानकारी दिए ।
७. समिति सभापति
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिले शुक्रबार सभापति पाएका छन् ।
प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए ।
८. निजी विद्यालय सञ्चालकका कुरा
निजी विद्यालय सञ्चालकहरूका चारवटा छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा वैशाखको शुल्क तिर्नु पर्दैन वा निःशुल्क हुन्छ भनी भइरहेका प्रचारहरू भ्रामक र निराधार रहेको भन्दै सञ्चालकहरूले शुक्रबार एक विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।
९.रास्वपाबारे
सरकार गठन भएको २२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबिचको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका छन् ।
चैत १२ गते रविकै प्रस्तावमा बालेन संसदीय दलको नेता बनेका थिए । चैत १३ गते संविधानको धारा ७६ (१) बमोजिम राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । सरकार गठनलगत्तै प्रधानमन्त्री बालेनले सरकार र संसद्मा दुवैमा हस्तक्षेप गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
१०. हर्कको माग
सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै एक खुलापत्र लेखेका छन्। उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।
सांसद राईले कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई नपत्याउने, निर्देशनको अवज्ञा गर्ने र प्रक्रियाको नाममा कामलाई निकै ढिलासुस्ती गर्ने गरेको आरोप लगाएका छन्। प्रशासनिक र प्रक्रियागत जटिलतालाई क्यान्सरको संज्ञा दिँदै उनले यस्तो गुजुल्टिएको कानुनी गाँठोलाई फुकाउन ऐन संशोधनको विकल्प नरहेको जिकिर गरेका छन् ।
उनले पत्रमार्फत सरकारलाई दुई वटा मुख्य सुझाव दिएका छन्। पहिलो, अटेरी कर्मचारीलाई आज्ञाकारी बनाउन अहिलेको स्थायी नियुक्तिको व्यवस्थालाई पूर्ण रूपमा खारेज गरी करार व्यवस्था लागू गरिनुपर्ने। दोस्रो, प्रक्रियामै वर्षौँ बित्ने झन्झटिला कानुनहरू खारेज गरेर विकासमैत्री, सरल र सहज कानुन निर्माण गरिनुपर्ने ।
हर्क साम्पाङले आफ्नो पत्रमा यस्ता परिवर्तनका लागि आवश्यक पर्ने सुझाव, सहयोग र सहकार्यका लागि आफू र आफ्नो पार्टी सदैव तयार रहेको समेत उल्लेख गरेका छन्।
११. मातातीर्थ औँशी
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धापूर्वक मनाइएको छ । जन्मदाता आमालाई मीठा खानेकुरा खान दिने, नयाँ वस्त्र उपहार दिने र आशीर्वाद ग्रहण गर्ने परम्परा अनुसार आज बिहानैदेखि घरघरमा उल्लास छाएको छ ।
शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुलो दर्जा दिइएकी आमाप्रति सम्मान व्यक्त गर्न आज सन्तानहरूले विभिन्न माध्यमबाट आफ्नो कृतज्ञता प्रकट गरेका छन् ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण