बुटवल महामेलामा व्यापार चौपट : प्रकृति र प्रशासनको मारले व्यापारी निराश, स्टल उठाउनै मानेनन्
सारांश
- बुटवलमा आयोजित महामेला प्राकृतिक विपत्ति र प्रशासनिक अवरोधका कारण पूर्ण रूपमा असफल भएको छ।
- मेलामा अपेक्षित दर्शक नआउँदा र व्यापार शून्य हुँदा अधिकांश व्यापारीहरूले आफ्नो स्टल उठाउन समेत सकेका छैनन्।
- आयोजकले राखेको महत्त्वाकांक्षी लक्ष्य पूरा हुन नसक्दा मेलास्थल अहिले सुनसान र बेवारिसे अवस्थामा पुगेको छ।
बुटवल । ठुलो तामझामका साथ सुरु गरिएको बुटवल महामेला–२०८२ आयोजक र व्यापारीका लागि ‘अनलक्की’ सावित भएको छ। चैत १ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन भएको यस मेलामा प्राकृतिक विपत्ति र प्रशासनिक झमेलाका कारण व्यापार शून्य भएपछि अहिले व्यापारीहरूमा स्टल उठाउने समेत जाँगर मरेको छ।
चैत १ मा सुरु भएर २४ गतेसम्म चल्ने कार्यतालिका रहेको मेला उद्घाटनको भोलिपल्टैबाट समस्यामा परेको थियो। उद्घाटनको भोलिपल्टै आएको भीषण हावाहुरीले टेन्ट उडाएपछि दुई दिन मर्मतमै बित्यो।

त्यसपछि चैत ५ गते चर्चित लोक गायक श्याम रानाको प्रस्तुति हेर्न दर्शक ओइरिने अपेक्षा गरिए पनि असिनापानीले मेला पुनः अवरुद्ध पार्यो। मेला संयोजक तथा फर्वार्ड नेपाल मल्टिपर्पोज कम्पनीका अध्यक्ष गोविन्द भुसालका अनुसार सिंगो मेला अवधिभर चैत ९ देखि १५ गतेसम्म मात्र निर्बाध रूपमा मेला सञ्चालन हुन सक्यो।

मेलाको अनुमति २४ गतेसम्म भए पनि बिचमै एसईई परीक्षा सुरु भएपछि स्थानीय प्रशासनले रोक लगाउँदा व्यापार झन् प्रभावित भयो। पछि चैत २९ देखि वैशाख १२ गतेसम्म पुनः सञ्चालनको अनुमति पाए पनि व्यापारीहरूमा उत्साह नफर्किएपछि मेला अहिले ठप्प छ। बुटवल रंगशालाभित्र बनाइएका लण्डन ब्रिज, पिङ, टेन्ट र सचिवालयका संरचनाहरू अहिले बेवारिसे जस्तै बनेका छन्।
आयोजकले मेलामा १२० स्टल राख्ने लक्ष्य लिए पनि जम्मा ७४ स्टल मात्र सञ्चालनमा आएका थिए। ५ लाख दर्शक भित्र्याउने र १ करोड बढीको कारोबार गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिए पनि न दर्शक आए, न त व्यापार नै भयो।

व्यापार नभएपछि कतिपय व्यापारीले आयोजकलाई तिर्नुपर्ने शुल्कमा आंशिक रकम मिलान गर्दै सामान लैजान थालेका छन् भने धेरैजसोको सामान अझै मेला स्थलमै थन्किएको छ।
स्थानीय र राष्ट्रिय कलाकारहरूको जमघट गराएर बुटवललाई गुल्जार बनाउने आयोजकको सपनालाई मौसम र परिस्थितिले साथ नदिएपछि यतिबेला देवीनगरको रंगशाला क्षेत्र सुनसान र उजाड देखिएको छ। प्रशासनको कडा आदेश र प्रकृतिको प्रतिकुलताले मेलालाई फ्लप बनाइदिएको व्यापारीहरूको गुनासो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण