सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नेपालीमा बजारमा शाओमीको ‘रेडमी बड्स ८ एक्टिभ’ : ३७ घण्टाको ब्याट्री ब्याकअप

बिहीबार, १० वैशाख २०८३, १७ : ५८
बिहीबार, १० वैशाख २०८३

काठमाडौँ । शाओमीले नेपाली उपभोक्ताका लागि नयाँ ‘रेडमी बड्स ८ एक्टिभ’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यो इयरबड सानो, हल्का र अत्याधुनिक फिचरले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ ।

विशेषगरी लामो समयसम्म कानमा लगाउँदा पनि दबाब महसुस नहुने गरी यसमा ‘इन–इयर कर्भ’ डिजाइन प्रयोग गरिएको छ। यस इयरबडको सबैभन्दा बलियो पक्ष यसको ब्याट्री क्षमता हो ।

एक पटकको पूर्ण चार्जमा ७ घण्टा र चार्जिङ केससहित कुल ३७ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। व्यस्त प्रयोगकर्तालाई लक्षित गर्दै यसमा ‘फास्ट चार्जिङ’ को सुविधा दिइएको छ, जसमा मात्र १० मिनेट चार्ज गर्दा करिब २ घण्टासम्म संगीतको आनन्द लिन सकिन्छ। सुधारिएको ब्याट्रीका कारण प्रयोगकर्ताले बारम्बार चार्ज गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

ध्वनिको गुणस्तरका लागि यसमा ठुलो टाइटानियमयुक्त ड्राइभर र एएसी कोडेक जडान गरिएको छ। टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट आवाज दिन्छ भने एएसी कोडेकले अडियोको मसिनो विवरणलाई जोगाएर राख्छ। यसले गर्दा प्रयोगकर्ताले गहिरो र इमर्सिभ साउण्डको अनुभव गर्न पाउनेछन् ।

कल गर्दा हुने बाहिरी अवरोधलाई कम गर्न यसमा डुअल माइक्रोफोन र एआई एल्गोरिदम प्रयोग गरिएको छ, जसले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि आवाजलाई स्पष्ट राख्दछ ।

स्मार्ट कनेक्टिभिटीका लागि यसमा गुगल फास्ट पियरको सुविधा छ, जसले डिभाइससँग छिटो जोड्न मद्दत गर्छ। साथै, यो इयरबडलाई एकैसाथ दुई वटा डिभाइसमा कनेक्ट गर्न सकिने भएकाले सजिलै स्विच गर्न मिल्छ। पानीका छिटा र धुलो प्रतिरोधी क्षमता भएकाले यो यात्रा, व्यायाम वा दैनिक हिँडडुलका लागि समेत निकै सुरक्षित छ।

नेपाली बजारमा कालो र सेतो दुई आकर्षक रङमा उपलब्ध यो बड्सको मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप