हिज्बुल्लाह नेताले गरे लेबनान–इजरायल प्रत्यक्ष वार्ता अस्वीकार
सोमबार, १४ वैशाख २०८३, १७ : ३२
बेरुत । लेबनानको शक्तिशाली समूह हिजबुल्लाहका नेता नइम कासिमले लेबनान र इजरायलबिच प्रस्तावित प्रत्यक्ष वार्तालाई कडा रूपमा अस्वीकार गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार कासिमले यस्तो वार्तालाई 'गम्भीर पाप' भन्दै यसले देशलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले सरकारलाई यस्तो कदमबाट पछि हट्न आग्रह गर्दै भने, 'सत्तामा रहेका व्यक्तिहरूले बुझ्नुपर्छ कि यसले न लेबनानलाई फाइदा गर्छ, न उनीहरूलाई नै ।'
हिज्बुल्लाहका लागि यी वार्ता र त्यसका नतिजाहरूले कुनै अर्थ नराख्ने पनि उनले बताए । 'हाम्रो लागि यी वार्ता अस्तित्वमै छैनन्,' उनले भने । हिज्बुल्लाहले लेबनान र जनताको सुरक्षाका लागि प्रतिरोध जारी राख्ने कासिमले स्पष्ट पारेका छन् । कुनै पनि दबाब वा धम्कीका बाबजुद पछि नहट्ने अडान पनि उनले दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण