शेखर गोल्छा रिहा हुने, म्याद थप गर्न अदालतकाे अस्वीकार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्।
मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप थर्न अस्वीकार गरेको हो ।
‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन’, आदेशमा भनिएको छ।
यसअघि सोमबार उनलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएपनि केही समयमै पक्राउ परेका थिए । अर्कै कसुरमा अनुसन्धान गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई फेरि पक्राउ गरेको थियो ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै धितोपत्रसम्बन्धी कसुरमा उनलाई छाड्न आदेश दिए पनि बीमा सम्बन्धी कसुरमा प्रहरीले फेरि पक्राउ गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण