कुटाकुट गर्ने रियलका दुई स्टार खेलाडीलाई जरिवाना
सारांश
- रियल म्याड्रिडले प्रशिक्षणका क्रममा विवादमा उत्रिएका ओरेलियन चुवामेनी र फेडेरिको भाल्भर्डेलाई जनही ५ लाख युरो जरिवाना गरेको छ ।
- टाउकोमा चोट लागेका भाल्भर्डे कम्तीमा दुई हप्ता मैदान बाहिर रहनेछन् र एल क्लासिको गुमाउनेछन् ।
- खेलाडीहरूले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गर्दै क्लब, सहकर्मी, प्रशिक्षक र फ्यानहरूसँग माफी मागेका छन् ।
म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना दुई मुख्य खेलाडी ओरेलियन चुवामेनी र फेडेरिको भाल्भर्डेलाई जनही ५ लाख युरो जरिवाना गरेको छ ।
प्रशिक्षणका क्रममा एकअर्काबिच भएको हातहालाहाल र विवादका कारण क्लबले उनीहरूमाथि भारी आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो । यो झगडाका क्रममा भाल्भर्डे घाइते भएपछि उनलाई अस्पतालसमेत लैजानुपरेको थियो ।
क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवै खेलाडीमाथि आन्तरिक छानबिन प्रक्रिया सकिएको र जरिवानासँगै यो विषय टुङ्गिएको जनाएको छ । यो घटनाको सबैभन्दा ठुलो असर आइतबार हुने बार्सिलोना विरुद्धको महत्वपूर्ण ुएल क्लासिकोु खेलमा पर्ने देखिएको छ ।
टाउकोमा लागेको चोटका कारण उरुग्वेका अन्तर्राष्ट्रिय खेलाडी भाल्भर्डेले कम्तीमा दुई हप्ता मैदान बाहिर रहनुपर्नेछ र उनले क्याम्प नाउमा हुने खेल गुमाउने निश्चित भएको छ । अर्कोतर्फ, फ्रान्सेली मिडफिल्डर चुवामेनी भने शुक्रबारको प्रशिक्षणमा सहभागी भएका छन् र उनी बार्सिलोना विरुद्धको खेलका लागि उपलब्ध हुनसक्ने देखिएको छ ।
क्लबका अनुसार दुवै खेलाडीले आफ्नो गल्तीप्रति पश्चात्ताप व्यक्त गर्दै एकअर्कासँग माफी मागेका छन् । उनीहरूले क्लब, सहकर्मी, प्रशिक्षक र फ्यानहरूसँग समेत क्षमायाचना गर्दै क्लबले तोक्ने जुनसुकै सजाय स्वीकार गर्ने बताएका छन् ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार बुधबारको प्रशिक्षणबाट सुरु भएको उनीहरूको विवाद बिहीबार ड्रेसिङ रुमसम्म पुगेको थियो । भाल्भर्डेले चुवामेनीसँग हात मिलाउन अस्वीकार गरेको र प्रशिक्षणका क्रममा खराब फाउल गरेपछि विवादले उग्र रूप लिएको थियो ।
यद्यपि, भाल्भर्डेले सामाजिक सञ्जालमार्फत घटनालाई सामान्य बनाउने प्रयास गरेका छन् । उनले लेखेका छन्, ‘प्रतिस्पर्धाको तनाव र निराशाका कारण परिस्थिति बिग्रिएको हो । बहसका क्रममा झुक्किएर टेबलमा ठोक्किँदा निधारमा सानो चोट लागेको हो, जसका लागि अस्पताल जानुपरेको थियो । मेरो साथीले मलाई हिर्काएको होइन र मैले पनि उनलाई हिर्काएको छैन ।’
पछिल्लो समय रियल म्याड्रिड लगातार दोस्रो सिजन ठूला ट्रफीविहीन हुने अवस्थामा पुगेकाले खेलाडीहरूमा तनाव बढेको विश्लेषण गरिएको छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल म्याड्रिड अहिले ११ अंकले पछि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण