१० बजे १० समाचार : पार्टीका सांसदलाई रविको चेतावनी, गुमनाम बन्यो एमाले
काठमाडौँ । आज मिति २०८३ साल वैशाख महिनाको २७ गते आइतबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचारसहित हाजिर भएका छौँ–
- रविको सम्बोधन
राजनीतिको स्थापित भाष्यलाई चुनौती दिँदै छोटो समयमै संसद्मा बलियो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला संसदीय अभ्यासको गहिरो सिकाइमा छ। भर्खरै राजनीतिमा होमिएका नवप्रवेशी सांसदहरूलाई संसदीय मर्यादा, कानुन निर्माणको प्रक्रिया र राजनीतिको गाम्भीर्य बुझाउन रास्वपाले ललितपुरमा दुई दिने सघन प्रशिक्षण कार्यक्रम आयोजना गर्यो।
रास्वपा सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी(र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकाेटीले जानकारी दिए ।
- क्यानको साधारणसभा
नेपाल क्रिकेट संघ (क्यान) को कोशी प्रदेशको विराटनगरमा आइतबार सम्पन्न वार्षिक साधारण सभाले विभिन्न ६ वटा निर्णय गरेको छ । यद्यपि उक्त निर्णय प्रक्रियामा भने केही पदाधिकारी र केन्द्रीय सदस्यले भने उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
- विकासमा चरम ढिलाइ
बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने सबैभन्दा छोटो दूरीको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण कार्य सुस्त देखिएको छ । सामरिक महत्त्वको वैकल्पिक मार्गका रूपमा रहेको १४ किलोमिटर लम्बाइको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
- कर्मचारीका पीडा
अघिल्लो वर्षजस्तै अवस्था हुन्थ्यो भने यतिबेला निजामती कर्मचारी संगठनका नेताहरूलाई भ्याएनभ्याइ हुन्थ्यो । बजेट आउनुअघि उनीहरूले कर्मचारीको सेवा सुविधा बढाउन भन्दै सरकारलाई दबाब दिन्थे, ज्ञापनपत्र बुझाउँथे । आवश्यक पर्दा सांकेतिक विरोध पनि गर्थे ।
- निर्मल लामाको २६औँ स्मृति दिवस
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठुलठुला बहस, विभाजन र एकता हुँदै अघि बढेको बताए ।
- गुमनाम एमाले
नेपाली राजनीतिमा पछिल्लो समय नेकपा एमाले ‘गुमनाम’ जस्तै देखिएको छ । जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत लज्जास्पद हार बेहोर्दै संसदीय शक्ति क्षीण बनेपछि नेपाली राजनीतिमा गुमनाम जस्तै बन्न पुगेको हो ।
- बोलपत्र प्रणाली ह्याक
सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरूसहित २२ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
- कर्णालीमा कांग्रेस
नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले प्रदेश सरकारको नेतृत्व लिन संसदीय दललाई आग्रह गरेको खुलेको छ। यसअघि फागुन ३० गते नै प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्व लिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।
- भूमिहीन
सरकारले देशभरका सरकारी र सार्वजनिक जग्गा खाली गराउने अभियान चलाइरहेको छ। तर, सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भने यो अभियान कार्यान्वयन गर्न त्यति सहज देखिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण