१२ बजे १२ समाचार: नीति तथा कार्यक्रम कर्मचारीप्रति निर्ममदेखि पूर्णबहादुर र शेखर फकाउने गगन प्रस्तावसम्म
सारांश
- सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा निजी र प्रवासीप्रति उदारता तर कर्मचारीप्रति निर्ममता देखिएको छ।
- सर्वोच्च अदालतले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेश तत्काल कार्यान्वयनमा रोक लगाएको छ।
- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि शेरबहादुर देउवा र शेखर कोइराला समूहसमक्ष सहमतिको प्रस्ताव गरेका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. त्रिभुवन विमानस्थलको आपत्कालीन सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न
मुलुकको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र आपत्कालीन व्यवस्थापन पुनः एक पटक प्रश्नको घेरामा तानिएको छ।
२. नीति तथा कार्यक्रम
सरकारले आर्थिक वर्ष २०८३/०८४को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
३. पुख्र्यौली पेसा सङ्कटमा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको पुख्र्यौली पेसा फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन्।
४. एसईई नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ।
५. सरकारको निर्णयमा सर्वोच्चको ब्रेक
सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
६. कांग्रेसको कर्णाली भेला
सोमबारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलाले पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । पहिलो दिनको भेलामा बोलेका अधिकांशले पार्टी एकताबारे जोड दिएका थिए । कठिन परिस्थितिमा पनि कर्णालीले पार्टीलाई जोगाएको भन्दै नेताहरूले ठूला, पुराना नेताहरूलाई चाँडो पार्टीमा समाहित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
७. पूर्णबहादुर र शेखर फकाउने गगन प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद साम्य पार्ने प्रयास सुरु गरेका छन्। उनले विशेष महाधिवेशनप्रति असन्तुष्ट शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहसमक्ष सहमतिको खाकासमेत प्रस्ताव गरेका छन्।
८. सहकारी ठगी प्रकरण
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको सूचीमा विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका १० जना ऋणीको नाम पनि उल्लेख छ।
९. जेठमा आउँदैछन् ६ फिल्म
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते निकै तामझामका साथ प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले सोचेजस्तो दर्शकको साथ पाउन सकेन।
१०. वर्षा र खुसीको विज्ञान
यसको विशेष सुगन्धदेखि यसले उत्सर्जन गर्ने नेगेटिभ आयनसम्म, वर्षाले हाम्रो शरीरका लागि विशेषगरी हाम्रो मुडका लागि केही रोचक फाइदाहरू ल्याउँछ।
कनेक्टिकटको न्यू मिलफोर्डमा लगातार छैटौँ दिन तापक्रम ३८ डिग्री सेल्सियस नाघेको थियो, जब आकाश एक डरलाग्दो गाढा रातो रङमा बदलियो। म एउटा आउटडोर थिएटर कार्यशालाको नेतृत्व गर्दै थिएँ, र मैले देखेँ कि शिविरमा सहभागीहरू टाउकोमाथि आइरहेको लामो डरलाग्दो बादललाई हेरिरहेका थिए। त्यसपछि मेघगर्जनले जमिन थर्कायो, र चट्याङ आकाशमा एउटा बाङ्गो-टिङ्गो जालो जस्तै फैलियो।
११. प्रतिवेदन सरकारलाई पठाइयो
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण