मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

बिहीबार, ३१ वैशाख २०८३, १९ : १६
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
  • कांग्रेस, एमाले, नेकपाका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा संशोधनहरू राखेका थिए ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरेको हो ।

काठमाडौँ । राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रिय सभाले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । 

सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए ।  

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो।

राष्ट्रिय सभाका संशोधन प्रस्तावहरू सांसदहरूले राखेका थिए । सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि अन्य दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप