जेनजी आन्दोलनमा आगलागी भएर कागजात जल्दा १७९ कार्यालयको भएन लेखापरीक्षण
सारांश
- महालेखा परीक्षकको कार्यालयले जेनजी आन्दोलनमा आगलागी हुँदा १७९ कार्यालयको लेखापरीक्षण हुन नसकेको जनाएको छ ।
- २०८२ भाद्र २३ र २४ गतेको आन्दोलन र घटनाका कारण १७९ कार्यालयको स्रेस्ता पेस नभएकाले १ खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण हुन सकेन ।
- सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ ।
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले जेनजी आन्दोलनमा १७९ कार्यालयहरूमा आगलागी हुँदा लेखापरीक्षण हुन नसकेको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यालयले ६२औँ वार्षिक प्रतिवेदनको सारांश सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्रतिवेदनका अनुसार मुलुकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण १७९ कार्यालयको स्रेस्ता पेस नभएकाले १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षण हुन सकेन ।
कार्यालयका अनुसार लेखापरीक्षणका क्रममा सुरुमा ९५ अर्ब २७ करोड ८ लाख रुपैयाँ बेरुजु देखिएको थियो । तर प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन जारी भएपश्चात् सम्बन्धित निकायहरूले पेस गरेको प्रमाण र प्रतिक्रियाका आधारमा ७ अर्ब १७ करोड ९७ लाख रुपैयाँ सम्परीक्षण (फर्स्योट) भएपछि खुद बेरुजु ८८ अर्ब ९ करोड ११ लाख कायम भएको महालेखापरीक्षक तोयम रायाले जानकारी दिए ।
उनले सरकारी तथा सार्वजनिक खर्चमा वित्तीय अनुशासन नहुँदा मुलुकको बेरुजु अवस्था बढ्दै गएको बताए । प्रतिवेदनअनुसार राज्यको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण