मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘लालीबजार’ काे प्रदर्शन रोक्न मागदाबीसहितकाे निवेदन सर्वाेच्चले उच्च अदालतमै पठायाे

शुक्रबार, ०१ जेठ २०८३, १८ : १५
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न मागदाबीसहित दायर भएको निवेदनमा निर्णय गर्न उच्च अदालतमै फिर्ता पठाएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा सुनुवाइपछि सो निर्णय भएको हो ।
  • सर्वोच्चले चलचित्र ‘लालीबजार’ विवादमा उच्चबाट गत वैशाख २३ मा भएको आदेश रित वा बेरित के छ भन्ने सम्बन्धमा तथ्यभित्र प्रवेश गरी जाँची निरूपण गर्न नमिल्ने ठहर गरेको छ ।

काठमाडौँ । सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न मागदाबीसहित दायर भएको निवेदनमा निर्णय गर्न उच्च अदालतमै फिर्ता पठाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइपछि उच्च अदालतमै फिर्ता पठाइएको हो। 

सर्वोच्चले चलचित्र ‘लालीबजार’ विवादमा उच्चबाट गत वैशाख २३ मा भएको आदेश रित वा बेरित के छ भन्ने सम्बन्धमा तथ्यभित्र प्रवेश गरी जाँची निरूपण गर्न नमिल्ने ठहर गरेको छ।

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप