१२ बजे १२ समाचार: सरकारलाई सुकुमबासीको चेतावनी, बालेनमाथि प्रचण्डको टिप्पणी
सारांश
- भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् ।
- नेपाली कांग्रेसभित्रको विवाद पछिल्लो समय झन् बढेको छ ।
- प्रधान न्यायाधीशका लागि सिफारिस गरिएका डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. सरकारलाई सुकुमबासीको चेतावनी
भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् । बुटवलमा आइतबार विरोध प्रदर्शनपछि सुकुमबासी अगुवाले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे ।
२. मनोनयनले झन् बढायो कांग्रेसमा विवाद
नेपाली कांग्रेसभित्रको विवाद पछिल्लो समय झन् बढेको छ । सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि विवाद झन् गहिरिएको हो ।
३. प्रधान न्यायाधीशमा प्रस्तावित डा. शर्माविरुद्ध ७ वटा उजुरी
प्रधान न्यायाधीशका लागि सिफारिस गरिएका डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन् । संवैधानिक परिषदले सर्वोच्च अदालतका चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेपछि मात्र नियुक्ति हुने बाटो खुल्नेछ ।
४. मदन–आश्रितको ३३औँ स्मृति दिवस: एमाले पटक–पटक सत्तामा पुग्दा पनि खुलेन रहस्य
चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको ३३ वर्ष पूरा भएको छ । एमाले पटक–पटक सत्तामा पुग्दासमेत यो दुर्घटना अझै पनि रहस्यकै गर्भमा छ ।
५. प्रचण्डको टिप्पणी– बालेन शाहको नियत राम्रो छैन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नियत राम्रो नभएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्न रहेकाले समर्थन गर्न नसकिने प्रस्ट पारे ।
६. ‘फ्रि भिसा, फ्रि टिकट’ भए पनि म्यानपावर कम्पनीले ३ लाख मागेपछि...
‘फ्रि भिसा, फ्रि टिकट’ प्रावधानका बाबजुद म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जान लागेका युवासँग तीन लाख रुपैयाँ मागेपछि प्रहरीले म्यानपावर कम्पनीमा छापा मार्नुका साथै कारबाही प्रक्रिया अघि बढाएको छ ।
७. इबोला
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।
एजेन्सीले कंगोको पूर्वी इटुरी प्रान्तमा देखिएको यस प्रकोपले विश्वव्यापी महामारीको भने मापदण्ड पूरा नगरेको बताएको छ। यहाँ करिब २४६ शंकास्पद केस र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।
८. घरजग्गा कारोबार बढ्न थाल्यो
लामो समयदेखि मन्दीको सामना गरिरहेको नेपालको घरजग्गा कारोबारमा सुधारको सङ्केत देखिएको छ । गत वर्षको वैशाख महिनाको तुलनामा यो वर्षको वैशाखमा घरजग्गाको कारोबार बढेको हो ।
९. चिनीबारे चिन्ता
भारत सरकारले सन् २०२६ को सेप्टेम्बर ३० सम्मका लागि चिनी निकासी (निर्यात)मा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको अभाव हुने हो कि भन्ने आशङ्का देखिएको छ । चिनीको स्टक पर्याप्त रहेको भन्दै मन्त्रालय र चिनी उत्पादक संघले आश्वस्त पार्न खोजे पनि उद्योगी र व्यवसायीहरूमा चिन्ता छाएको छ ।
१०. मुख्यमन्त्री कार्यालयकै गेटमा तीन दिनदेखि धर्ना
सल्यानको कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष मित्रलाल रिजाल वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गेटमा तीन दिनदेखि धर्नामा बस्दै आएका छन् ।
११. कुलो विवादमा दाजुभाइको हत्या
नुवाकोटको म्यगङ गाउँपालिकाका समराज तामाङ र उनका भाइ सूर्यमान तामाङको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । कुलोको विवादमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण