बैंकर पिताम्बर खड्का मृत फेला
सारांश
- झापाको दमकमा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक पिताम्बर खड्का मृत फेला परेका छन्।
- खड्काले सामाजिक सञ्जालमा चार जनाको फोटोसहित उनीहरूकै कारण 'आत्मघाती' कदम चालेको उल्लेख गरेका छन्।
- प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौं । झापाको दमक नगरपालिका वडा नम्बर–८ स्थित लक्ष्मीमार्ग घर भएका बैंकर पिताम्बर खड्का मृत भेटिएका छन् । सोमबार साँझ ४२ वर्षीय खड्का आफ्नो घरको भूइँतलामा झुन्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी वसुन्धरा खड्काले रातोपाटीलाई बताइन् ।
मृतक खड्का ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकको रूपमा कार्यरत थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको फोटो पोष्ट गरेर उनीहरूकै कारण ‘आत्मघाती’ कदम चालेको उल्लेख गरेका छन् । मृतकले दिपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो सार्वजनिक गरेका हुन् ।
पोस्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका । उनले नाम उल्लेख गरेका मध्येका सुरेन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ हुन् ।
कोठामा रहेको सिलिङ फ्यानको हुकमा डोरीको पासो लगाएर झुन्डेको अवस्थामा शव निकालेर पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको एसपी खड्काले जानकारी दिइन् । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । एसपी खड्का भन्छिन्, ‘घटना के कस्तो कारणले भएको हो भनेर परिवारका सदस्यहरूसँगको समन्वयमा अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण