अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते
आइतबार, १० जेठ २०८३, २२ : ३४
अमेरिका । अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो।
संस्थाका अनुसार घटनामा १९ जना व्यक्तिहरू चोटपटक लागेको मूल्याङ्कन गरिएको छ, जसमध्ये कसैको पनि जीवन खतरामा रहेको विश्वास गरिएको छैन । तीन जनालाई अस्पताल लगिएको थियो भने अन्यले आफैंले उपचार गराएको बताइएको छ।
यो घटना मेमोरियल डे सप्ताहन्तमा आयोजित एक ठूलो वार्षिक भेला ब्ल्याक बाइक सप्ताहको समयमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण