अमेरिकाले खाडी क्षेत्रमा ‘सेभ हेभन’पाउँदैनः इरानी सर्वोच्च नेता
सारांश
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका अब खाडी क्षेत्रमा सुरक्षित रूपमा उपस्थित हुन नसक्ने दाबी गरेका छन् ।
- उनले खाडीका देशहरूले अब अमेरिकी सैन्य अड्डाहरूका लागि ढालको काम नगर्ने दाबी पनि गरेका छन् ।
- उनले पश्चिम एशिया र विश्वमा नयाँ शक्ति संरचना देखा पर्न थालेको र अमेरिकाले आफ्नो प्रभाव गुमाउँदै गएको बताएका छन् ।
तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले अमेरिका अब खाडी क्षेत्रमा सुरक्षित रूपमा उपस्थित हुन नसक्ने दाबी गरेका छन् ।
उनले खाडीका देशहरूले अब अमेरिकी सैन्य अड्डाहरूका लागि ढालको काम नगर्ने दाबी पनि गरेका छन् ।
मंगलबार हज पर्वको अवसरमा पठाइएको लिखित सन्देशमा उनले पश्चिम एशिया र विश्वमा नयाँ शक्ति संरचना देखा पर्न थालेको बताएका छन् । उनका अनुसार अमेरिका अब यस क्षेत्रमा आफ्नो पहिलेको प्रभाव गुमाउँदै गएको अवस्थामा छ र बदमासी गर्न सुरक्षित ठाउँहरू पनि क्रमशः हराउँदै जानेछन् ।
उनले इजरायल र त्यसका नेताहरू अन्तिम चरणतर्फ पुगेको कडा टिप्पणी पनि गरेका छन् । पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीको निधन भएर उनका जेठा छोरा मोज्तबा खामेनी सर्वोच्च नेता भएको १० हप्ताभन्दा बढी समय भइसकेको छ ।
तर अहिलेसम्म इरानी जनताले आफ्नो नयाँ सर्वोच्च नेतालाई देखेको वा उनले बोलेको सुनेका छैनन् । पछिल्ला महिनाहरूमा उनले लगातार लिखित सन्देश जारी गर्दै आएका छन् । अमेरिका र इरानले सम्भावित सम्झौताका लागि प्रयास गरिरहेको समयमा खामेनीको यो सन्देश आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण