५० हजार घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर
सारांश
- लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- प्रहरी हवल्दार क्षेत्रीले लागू औषध मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका थिए।
- अख्तियारले क्षेत्रीसँग ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ।
काठमाडौँ । लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत क्षेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको आरोपमा केहीअघि पक्राउ परेका थिए ।
अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ विपरित कसुर गरेको पाइएकाले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
आयोगले क्षेत्रीसँग ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण