मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सगरमाथा दिवसको अवसरमा प्रभातफेरी (तस्बिरहरू)

शुक्रबार, १५ जेठ २०८३, ०८ : ०९
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने 'सगरमाथा दिवस'का अवसरमा विभिन्न कार्यक्रम आयोजना गरियो ।
  • नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरी गरी जमलस्थित नाचघरमा पुगेर औपचारिक कार्यक्रम सम्पन्न गरे ।
  • कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन र हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो ।

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने ‘सगरमाथा दिवस’ का अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरी गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको छ । 

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।  कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादन समेत गरिएको थियो ।

sagarmatha (16)

हरेक वर्ष मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउने गरिन्छ । सन् १९५३ मा यही दिन न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यो दिन नेपालमा विशेष महत्वका साथ मनाइँदै आएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

sagarmatha (2)sagarmatha (3)sagarmatha (4)sagarmatha (5)sagarmatha (6)sagarmatha (7)sagarmatha (8)sagarmatha (9)sagarmatha (10)sagarmatha (11)sagarmatha (12)sagarmatha (13)sagarmatha (14)sagarmatha (15)sagarmatha (17)sagarmatha (18)sagarmatha (19)sagarmatha (20)sagarmatha (21)sagarmatha (22)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप