अमेरिकी र क्युबाली सैन्य अधिकारीबिच सुरक्षा विषयमा छलफल
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।
अमेरिकी दक्षिणी सैन्य कमाण्डका प्रमुख जनरल फ्रान्सिस डोनोभनले शुक्रबार ग्वान्तानामो खाडीस्थित अमेरिकी नौसैनिक अड्डा नजिक क्युबाली सैन्य अधिकारीहरूसँग सुरक्षा सम्बन्धी विषयमा संक्षिप्त छलफल गरेका हुन् ।
क्युबाको क्रान्तिकारी सशस्त्र बलद्वारा जारी वक्तव्यअनुसार, भेटवार्तामा सैन्य क्षेत्रको सीमावर्ती सुरक्षासम्बन्धी विषयमा विचारविमर्श गरिएको थियो । दुवै पक्षले छलफललाई सकारात्मक रूपमा लिँदै भविष्यमा पनि आपसी सम्पर्क कायम राख्ने सहमति जनाएका छन् ।
यस अवधिमा अमेरिकी प्रशासनले क्युबामाथि विभिन्न कूटनीतिक तथा आर्थिक कदमहरू अघि बढाएको छ । साथै, दुवै देशबिचका सम्बन्ध तथा क्षेत्रीय सुरक्षाका विषयहरूमा निरन्तर संवाद भइरहेको छ ।
भेटवार्ताका क्रममा जनरल डोनोभनले ग्वान्तानामोस्थित अमेरिकी नौसैनिक अड्डाको सुरक्षा अवस्था, त्यहाँ कार्यरत सैनिक तथा उनीहरूका परिवारको सुरक्षा र सैन्य तयारीसम्बन्धी विषयमा पनि जानकारी लिनुभएको अमेरिकी दक्षिणी सैन्य कमाण्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण